navbar brand

Question

29 Mar 2023, Wed
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Business Studies
    • Chemistry
    • Computer
    • Digital Marketing
    • Economics
    • Engineering Aptitude
    • English
    • Entertainment
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Language
    • Math
    • Nepali
    • Optional Math
    • Physics
    • Population
    • Social Studies
    • Super Natural
    • The Heritage of Words
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves
Toolbox
  • Dictionary
    Dictionary
  • Calculator
    Calculator
Ramos Sapkota
3 years ago Grade -10 (SEE) Nepali

कर्तव्य कथा सप्रसङ्ग व्याख्या

सप्रसङ्ग व्याख्या गर्नुहोस् : कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ मानिस चाहिँ ज्ञानवान् हुनाले बखत मौका विचार गरेर आफैँ पनि जानुपर्छ |

Share My Answer
  • कर्तव्य कथा सप्रसङ्ग व्याख्या
  • कर्तव्य कथाबाट सप्रसङ्ग व्याख्या
  • कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ मानिस चाहिँ ज्ञानवान् हुनाले बखत मौका विचार गरेर आफैँ पनि जानुपर्छ |
1

1 Answer

Ramos Sapkota
3 years ago Answer Link Tribhuvan University > Faculty of Humanities and Social Sciences > BCA (Bachelor in Computer Application)

उपरोक्त गद्यांश हाम्रो नेपाली पाठ्यपुस्तक कक्षा दशको 'कर्तव्य' शीर्षक कथाबाट झिकिएको हो | यस कथाका कथाकार गुरुप्रसाद मैनाली हुन् | कथाकार मैनाली (वि. सं. १९५७ – वि.सं.२०२८) हुन् | सामाजिक यथार्थलाई आदर्शको उद्देश्यसित जोडेर कथाका विषयवस्तु बनाई आफ्नो मौलिक पहिचान हो |  आफ्ना कृतिहरू मार्फत् एकातिर आफू नेपाली साहित्य क्षेत्रमा प्रसिद्ध भए भने अर्कातिर उनले नेपाली साहित्यलाई पनि प्रसिद्ध बनाए | भतिजाको बिहेमा नाबोलाई जान खोज्दा श्रीमतीले नबोलाई त कुकुर पनि नजाओस् भन्दा मुरलीधरले  माथिका पङ्क्तिहरू निकाल्दछन् |

            माथिका पङ्क्तिहरूले कुकुर र मानिसमा हुने फरक औंल्याउने कार्य गरेको छ | साथै कुकुरले वहन गर्ने उत्तरदायित्व र मानिसले वहन गर्ने उत्तरदायित्वमा हुने अन्तर पनि यहाँ प्रस्तुत गरिएको छ | जुनसुकै घर परिवारमा पनि सानातिना मतभेदहरू, विवादहरू सृजना हुन सक्दछन् | तिनै मतभेद र विवादहरूले गर्दा पारिवारिक झैँझगडा, कलह, आपसी मनमुटावहरूको जन्म हुन जान्छ | यसको फलस्वरुप परिवारका सदस्यहरूको बोलीचाली बन्द हुने, आवतजावत बन्द हुने, भैपरी आउँदा असहयोग गर्ने जस्ता घटनाहरू घट्ने गर्दछन् | साथै आफन्तका घरमा कुनै चाडपर्व, सामाजिक तथा धार्मिक कार्य हुँदा एकले अर्कोलाई बेवास्ता गर्ने जस्ता घटना पनि घट्ने हुन्छन् | यस्ता कार्यमा संलग्न सबैले के ध्यान दिनुपर्छ भने यसले आफ्नो परिवार वा कूल खानदानको मर्यादा र इज्जतलाई कति लाभ अथवा हानि पुग्दछ ? यसका माध्यमले पछिल्ला पिंढीका सन्तानहरूको के अवस्था होला ? कुकुरले निर्वाह गर्ने खालको मात्र जिम्मेवारी निर्वाह गर्ने हो भने कुकुर र मानिसमा के नै भिन्नता रहन्छ ? यस कथाको यथार्थलाई बुझ्ने हो भने प्रत्येक सन्तानहरूका काँधमा कूल खान्दाको इज्जत निर्भर रहन्छ | सबैले त्यसलाई जोगाई सुरक्षित राख्ने कोशिस गर्नुपर्छ | सामाजिक र धार्मिक कार्यमा सानातिना आपसी कलहले नबोलाउने र नजाने गर्नु शोभनीय देखिदैनन् | त्यही भएर नबोलाएर पनि शशिधरको बिहेमा गएर मुरलीधरले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको देखिन्छ |

       प्रस्तुत कथामा एउटा परिवार वा कूल खानदानले कति दु:ख कष्ट सहेर आफ्नो इज्जत र मानमर्यादा बचाउई  राखेका हुन्छन् | त्यसलाई परिवारको एउटै सदस्यले पनि उडाइदिन सक्छ | यो राम्रो काम नभएर समय परिस्थिति हेरी आवश्यक परेको बेलामा उपस्थित हुँदा राम्रो हुन्छ | तसर्थ सबैमा आ-आफ्नो कर्तव्य बोध गराइ, विशेष आफ्नो परिवारप्रति के कस्तो कर्तव्य रहन्छ र त्यसलाई कसरी पूरा गर्नुपर्छ भन्ने विषयमा यो कथा केन्द्रित छ |

0

Comments

Related Questions

  • घरको माया' एकाङ्कीले दिने सन्देश- घरको माया 1

  • 'चुम्बकले फलामलाई तान्छ, तर सुनलाई खिच्न सक्दैन' भन्नुको तात्पर्य- घरको माया' 1

  • घरको माया एकाङ्कीकी पात्र बतासले देखाएको माया 1

  • गाउँ फर्कन नचाहने लालबहादुरको मन अन्त्यमा परिवर्तन हुनुको कारण - घरको माया 1

  • 'घरको माया' एकाङ्कीमा देखाइएको देशप्रेम 1

  • वर्तमान युगमा यन्त्रमानवको महत्व र उपयोगिता 1

  • यन्त्रमानवको लोकप्रियता 1

  • यन्त्रमानवमा मानिसको सफलता 1

  • धृतराष्ट्र र विदुरका चरित्रको तुलना 1

  • "विदुर, न्यायको पक्ष लिने एक कुशल राजनीतिज्ञ हुन्" यस भनाइको पुष्टि 1

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd