March 30, 2020
सरकाले निजी विद्यालयहरुलाई एक महिनाको शुल्क छुट दिन गरेको निर्देशनमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन र एनप्याब्सन) ले असन्तुष्टि जनाएको छ । सरकारले आफुहरुसँग कुनै छलफल नै नगरी यस्तो निर्णय गरेको प्याब्सनका अध्यक्ष टिका पुरीले बताए । विद्यालयको एक महिनाको खर्च सरकारले व्यहोर्नुपर्ने उनको भनाई छ ।
निजी विद्यालयका शिक्षक कर्मचारीको तलब, भत्ता, घर भाडा र अन्य खर्च सरकारले व्यहोरे आफुहरु एक महिनाको शुल्क छुट गर्न तयार रहेको उनले बताए । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सबै निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन गरेका थियो ।
मन्त्रिपरिषद्ले घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।
सरकारको यो निर्णयले साना निजी विद्यालयहरु मर्कामा परेको एनप्याब्सनका केन्द्रिय अध्ययक्ष ऋतुराज सापकोटाले बताए । ९५ प्रतिशत शैक्षिक संस्थाहरुले भवन भाडामा लिएर विद्यालय सञ्चालन गरेकाले सरकारको यस्तो निर्णयले धेरै विद्यालय मर्कामा परेको उनको भनाई छ ।
स्रोत : ekantipur.com काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा उनले कोरोना खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गरेका हुन् । उनीसँगै पत्नी राधिका शाक्यले […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd