March 1, 2020
मायालु ।
तिमी आयाै
क्या मीठो सरलतासित आयौ
नुन-पिरो ट्वाक्क मिलाएर अायाै जिन्दगीमा ….
तिमी आयाै
त्यस्तो असाधारण केही आएन
ऋतु दुर्घटना गराउंदै
शिशिरमै वसन्त आएन
अध्यारै थियो औँसीको रात
चन्द्रमा आएन
कुनै दरबारिया कवि
या मुसाहिब सायरले
आहवान गर्दैमा
शयनकक्षमै आइपुग्ने
के चन्द्रमाको इमान
त्यति फितलो हुन्छ ?
तिमी आयौ
जुन सडक हँदै
उस्तै थियो त्यो, रूखो-रूखो
धूवाधूलो अनि
उच्चाटलाग्दा छिरबिरे छालहरु गाडीका
तिमी आयौ
फूलहरूको नाचमग्न लस्कर आएन
मायालु ।
तिमी आयौ
महिनौपछि मजदुरको भान्छामा मासु आयाे
हेर,उसका लालाबालाका अाखाँमा
क्या स्वादिलो चमक आयो
तिनका तृप्तिका पाइलाहरू पुग्नेछन् जहाँसम्म
त्यहाँसम्म फैलिएको हुनेछ
हाम्रो प्रेमको भूगोल
तिमी आयौ
नवजात शिशुको मुखमा
आमाको दूधको मुन्टो आयो
हंगर इन्डेक्स' को चपेटामा परेर
प्रति पांच सेकेन्डमा
भोकले मर्छ रे एउटा बच्चा
तिमी आयाै
र, एउटा बच्चाको ज्यानमा ज्यान आयो
तिमी आयाै
गुँडमा
बचेराहरूका लागि
व्यग्र माउको चुच्चो आयो
ती हुर्किनेछन्, उड्नेछन् एक दिन
र, मास्न उद्यतहरूका हातबाट
एक छिनलाई भए पनि
तिनले खोस्नेछन् पर्यावरण
जहाँ हाम्रो प्रेमले पाउनेछ
हावा, अन्न र पानी
तिमी आयौ
मानौं, दूर देशको शरणार्थी शिविरमा
खानेकुरा बोकेर ट्रक आयो
आत्मा खोसिएकाहरूले
पुनः आत्मा हासिल गरे
र, हाम्रो प्रेमले एकसाथ रुदैँ-हाँस्दै
धारण गर्यो
क्या सरस पागलपन
अन्नको अनादर गर्नेहरू खुंखार हुन्छन्
प्रेम गुर्नु तिनीहरूको वशमा हुँदैन
जस्तो कि, करोडाै टन अन्न
खेर फाल्ने अमेरिकालाई
युगाैँदेखि मान्छे खाने बानी परेको छ
मान्छे खानेले
मरिगए प्रेम गर्दैन
मायालु !
म असाध्यै आदर गर्छु
अन्न र प्रेमलाई
किनभने,
दुनियाँमा हरेक रात
सातमध्ये
भोकै सुत्ने एक जना
कहिलेकाहीं मै पनि हुन सक्छु
त्यतिखेर तिम्रो प्रेम पाइन भने
मेराे भागमा पर्नेछैन
अर्को अाशा
र, अर्को मिठास ।
त्यतिखेर तिम्रो प्रेम पाइनं भने
मेरो भागमा प्नेछैन
अर्को सूर्योदय
अर्को आशा
र अर्को मिठास ।
शाैक्षिक उन्नयनबाटै मुलुककाे समृद्धितर्फकाे यात्रामा सफलता प्राप्त गर्न सक्नेमा दुईमत छैन । शिक्षा जीवनको आधार हो। मानव भएर जन्मेका आधारमा प्राप्त जीवनलाई सफल, सार्वक र समृद्ध बनाउने सबल कडी प्रभावकारी शिक्षा हो। शिक्षा प्राप्ति र […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd