navbar brand

Article

23 Mar 2023, Thu
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

कोरोना त्रास : शीर्ष नेता कति सतर्क ?

March 29, 2020

विश्व स्वास्थ्य संगठनले विशेषगरी ६० वर्षमाथिका तथा मुटु, फोक्सो र अन्य दीर्घरोगीलाई कोरोना भाइरसको उच्च जोखिमयुक्त समूहमा राखेको छ । संयोग कस्तो छ भने हाम्रो मुख्य राजनीतिक नेतृत्व यही उमेर समूहका छन् । यस्तोमा उनीहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाएको सतर्कता अर्थपूर्ण हुन्छ । 

कोरोना भाइरस संक्रमणको जोखिमप्रति सतर्कता अपनाउँदै नेकपा शीर्ष नेताहरू निवासबाहिर नगई ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेका छन् । सरकारले सार्वजनिक भेला, बैठक मात्र होइन, अन्तर्राष्ट्रिय हवाई उडानदेखि लामो दूरीको सवारी यातायातमा समेत रोक लगाएर नागरिकलाई कम्तीमा दुई साता ‘सेल्फ क्वारेन्टाइन’मै रहन आग्रह गरेका वेला नेकपा शीर्ष नेता पनि त्यसकै अनुसरण गर्न थालेका हुन् ।

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नौ सदस्यीय सचिवालयका सबै नेताहरू ६० वर्षमाथिका छन् । उनीहरूमध्ये ७० वर्ष उमेर पार गरेका दुई नेता छन् । ७२ वर्षीय उपाध्यक्ष वामदेव गौतम पार्टीमा सक्रियमध्ये ज्येष्ठ उमेरका नेता हुन् । त्यस्तै, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६ चैतबाट ७१ वर्षमा प्रवेश गरेका छन् । 

नेकपा शीर्ष नेताहरूले जोखिमप्रति समयमै सचेतना अपनाउँदै अत्यावश्यकबाहेक औपचारिक रूपमै संवाद, भेटघाट बन्द गरेका छन् । उनीहरूले अहिले पार्टी काम पनि टेलिफोनबाटै गर्ने, मिडियासँगको संवादबाट पनि टाढै रहने गरिरहेका छन् । ६६ वर्षीय अध्यक्ष प्रचण्डले ५ फागुनदेखि नै अत्यावश्यकबाहेकका सम्पूर्ण भेटघाट स्थगित गरेको स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत जनाएकी छिन् ।

उनी ६ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकबाहेक कुनै पनि औपचारिक छलफल र कुराकानीमा सहभागी भएका छैनन् । फुर्सदको समयमा शारीरिक व्यायाम पनि कम हुने भएकाले प्रचण्ड निवास परिसरमै केही समय साइक्लिङ गर्न थालेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल ६ चैतमा ७१ वर्ष प्रवेश गरे । विगतका वर्षमा नेता–कार्यकर्ता र शुभेच्छुकसहित ‘बर्थ डे’ मनाउने गरेका खनालले कोरोना भाइरस संक्रणको जोखिमप्रति सचेतना अपनाउँदै कुनै ‘सेलिब्रेसन’ गरेनन् । ‘निवासमै आएर शुभकामना दिन खोज्ने नेता–कार्यकर्तालाई पनि उहाँले भेट्न चाहनुभएन । टेलिफोनबाटै शुभकामना लिनुभयो,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले नयाँ पत्रिकासँग भने, ‘उहाँ अहिले अध्ययन, विभिन्न प्रकाशनका लागि थाती रहेका शुभकामना सन्देश लेखनलगायत अन्य आन्तरिक काममै व्यस्त हुनुहुन्छ ।’

६८ वर्षीय वरिष्ठ नेता माधवकुमार नेपाल भने तीन दिन लुम्बिनी आसपासका जिल्लामा पार्टी कार्यक्रममा सहभागी भएर ७ चैतमा काठमाडौं फर्किए । उनी ८ चैतमा उपत्यकाका १२ जना सांसदको भेलामा समेत सहभागी थिए । उनका स्वकीय सचिव मोहन गौतमले सरकारको निर्णय र पछिल्लो परिस्थितिलाई ध्यान दिएर सजगता अपनाउँदै वरिष्ठ नेता नेपाल ती कार्यक्रममा सहभागी भएको बताए । ‘उहाँ कोरनाको जोखिममा सचेत नै हुनुहुन्छ,’ गौतमले भने, ‘अहिले सकेसम्म कमभन्दा कम मान्छेलाई भेट्ने नीति अवलम्बन गरिरहनुभएको छ, समय पनि कसैलाई दिइएको छैन ।

फुर्सदमा निवासमै अध्ययनमा व्यस्त हुनुहुन्छ ।’ नेकपाका शीर्ष नेतामध्ये उपाध्यक्ष गौतम सबैभन्दा बढी सजगता अपनाउने नेतामा पर्छन् । उनले १५–१९ माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा सबै केन्द्रीय सदस्यलाई कोरोना भाइरसविरुद्ध सजगता अपनाउन मास्क वितरण गरेका थिए । भेटघाट बन्द गरेका गौतमले निवासमै शारीरिक व्यायाम गर्ने गरेको उनका स्वकीय सचिव दीपक टमटाले बताए । गौतम यसअघि नियमित जसो ‘मर्निङ वाक’समेत जाने गर्थे, तर कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै अहिले बन्द गरेका छन् । 

prachanda-during-lockdown
prachanda-during-lockdown

प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल नौसदस्यीय सचिवालयमा सबैभन्दा कम उमेरका छन् । ६० वर्षीय दुुवै नेताले कोरोना भाइरसको जोखिमप्रति सजगता अपनाउँदै भेटघाट र सम्पर्क बन्द गरेका छन् । स्वास्थ्यलाई ध्यान दिँदै श्रेष्ठ नियमित योग र ध्यान गर्छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल दिनहुँ कम्तीमा तीन–चारवटा सरकारी बैठक र छलफलमा सक्रिय भइरहेका छन् । यद्यपि, उनले पनि बाहिरका व्यक्तिसँगको सम्पर्क, छलफल र भेटघाटलाई कम गरेका छन् । ६६ वर्षीय पोखरेल पनि कोरोना र सुरक्षासहितका सरकारी छलफलबाहेक नियमित भेटघाट र छलफलबाट टाढै रहन थालेको उनको सचिवालयले जनाएको छ । 

गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले आइतबारबाट कोरोना भाइरस र सुरक्षासँग सम्बन्धित बैठक र छलफलबाहेक नियमित भेटघाट, छलफल र सम्पर्क औपचारिक रूपमै बन्द गरेका छन् । गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी गराएका हुन् । ‘कतिपय कामहरूको समन्वय टेलिफोनबाटै सचिवालयलाई गर्न उहाँले निर्देशन दिनुभएको छ,’ भट्टराईले भने, ‘उहाँको निर्देशनअनुसार, मन्त्रालयसँग सम्बन्धित कामबारे सचिवालय सदस्यहरूबाटै बुझ्ने र निर्देशन दिने काम हुनेछ ।’ 

त्यस्तै, महासचिव पौडेल ६ चैतदेखि केन्द्रीय कार्यालय गएका छैनन् । त्यस्तै, पछिल्लोपटक बालुवाटारमा केन्द्रीय सचिवालय बैठकमा सहभागी उनी निवासबाट बाहिरिएका छैनन् । पार्टी निर्णय कार्यान्वयनसँग सम्बन्धित कामहरू सबै प्रदेश र जिल्लाहरूमा टेलिफोनबाटै समन्वय गरिरहेका छन् । त्यसो त, पछिल्ला दिनमा शीर्ष नेताहरू मिडियाको सम्पर्कमा समेत कमै आउन थालेका छन्, टेलिफोन पनि कमै उठाउने गर्छन् । नेकपा अध्यक्ष प्रचण्डले विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पार्टीपंक्ति र नागरिकलाई अपिल गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डले पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका हुन् । 

कांग्रेस शीर्ष नेताहरू फोनबाटै नेता–कार्यकर्ताको सम्पर्कमा

कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिएपछि कांग्रेसका शीर्ष नेताले जरुरीबाहेकका भेटघाट बन्द गरेका छन् । घरबाहिर जिल्ला र राजधानीमा विभिन्न कार्यक्रममा व्यस्त हुने नेता तीन–चार दिनदेखि भेटघाट बन्द गरेर घरमै बसेका छन् । धेरै नै जरुरी भए फोनबाटै सम्पर्क गर्न आग्रह गर्दै उनीहरूले सम्भावित संक्रमणबाट बच्न सुरुआतदेखि नै सजगता अपनाउन जनमानसमा आग्रह गर्दै आएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरू केही दिनदेखि घरबाहिर निस्केका छैनन् । उनीहरूले सावधानी अपनाउन कार्यकर्ता र जनमानसमा पटकपटक आग्रह गर्दै आएका छन् । राजनीतिक वक्तव्य दिने, सामाजिक सञ्जालमा लेख्दै हात धुन, स्यानिटाइजर प्रयोग गर्न, भिडभाड नगर्न, घरबाहिर ननिस्कन आग्रह गर्दै आएका छन् । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सदस्यता वितरण र नवीकरण, आन्तरिक समायोजन, ठूला भेला, कार्यक्रमहरू सबै स्थगित गरेको छ । 

कांग्रेस सभापति देउवाले तीन दिनदेखि भेटघाट बन्द गरेको स्वकीय सचिव भानु देउवाले बताए । ‘तीन दिनदेखि भेटघाट बन्द छ । महत्वपूर्ण भए मात्रै भेटघाट गरिरहनुभएको छ,’ स्वकीय सचिव भानुले भने, ‘आइतबार पार्टी प्रवक्ता र मुख्य सचिवबाहेक अरूसँग भेट भएको छैन ।’ भेटघाटबाहेक पुस्तक पढ्ने, टेलिभिजन हेर्ने र घरमै आराम गर्ने तालिका रहेको उनले बताए ।

कोरोना भाइरसको संक्रमणको त्रास बढेपछि वरिष्ठ नेता पौडेल पनि चार–पाँच दिनदेखि घरमै छन् । राजनीतिक कार्यक्रमको तालिका नभएपछि जिल्लामा नेता तथा कार्यकर्तालाई फोनबाटै सम्पर्क गरिरहेका छन् । १४औँ महाधिवेशनको कार्यतालिका आइसकेकाले भेटघाट गर्न नपाउँदा फोन सम्पर्कलाई प्राथमिकता राखेका छन् । उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले घरमा बस्दा भेटघाट बन्द भए पनि लेखपढ गर्ने तालिका पनि पौडेलले बनाएको जानकारी दिए । साथै, कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता अपनाउन पौडेलले आह्वान गर्दै आएका छन् । 

उपसभापति निधिले पनि तीन दिनदेखि मध्यबानेश्वरस्थित घरमा राजनीतिक भेटघाट गरेका छैनन् । भेटघाटका लागि कसैले आग्रह गरे फोनबाटै काम चलाउने गरेको उनका स्वकीय सचिव विश्वास विक्रमले बताए । घरमा रहँदा खाली हुने समयमा निधिले लेखपढका लागि आध्यात्मिक र राजनीतिक पुस्तक संकलन गरेका छन् । विश्वको संवैधानिक विकासक्रम र राजनीतिक विषयका पुस्तकहरू पढ्नका लागि छुट्याएका छन् । 

महामन्त्री डा.शशांक कोइरालाले पनि भेटघाट लगभग बन्द नै गरेका छन् । उनका स्वकीय सचिव भरत तिवारीका अनुसार जरुरी परेर कोही घरमै आए मात्र डा.कोइरालाले भेट्ने गरेका छन् । अन्यथा उनको समय महाराजगन्जस्थित घरमै बित्ने गरेको छ । पारिवारिक भेटघाट मात्रै भइरहेको तिवारीले बताए । पछिल्लो समय नेताहरूको घरमा कार्यकर्ता आउने क्रम पनि रोकिएको छ ।  

राजपा र समाजवादी नेता पनि घरमै

संसद्मा प्रतिनिधित्व गर्ने मधेसकेन्द्रित दलका नेताहरू पनि कोरोना भाइरसको सम्भावित संक्रमणप्रति सचेत बन्न थालेका छन् ।  समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई केही दिनयता टोखास्थित डेरामै छन् । उनले फोनबाटै पार्टीका नेता तथा कार्यकर्तासँग कुराकानी गरेका छन् । 

कोरोना भाइरसबारे सचेतना गाउँमा कम भएकाले उनी नेता–कार्यकर्तालाई फोन सम्पर्कबाट आफू सतर्क रहन आग्रह गरिरहेका छन् । डा.भट्टराईका स्वकीय सचिव रोशन पोख्रेलले फोनबाट पार्टीका कार्यकर्तासँग सम्पर्क गर्दै कोरोना भाइरसबाट जोगिन सचेत गराइरहेको बताए । यसबाहेक उनले पुस्तक पढेर समय बिताउने गरेका छन् । केही दिनअघि डा.भट्टराईले ट्विटरको नाम परिवर्तन गरेर ‘नियमित हात धोऔँ’ बनाएका थिए । उनले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे सचेतना र सुझाब राख्दैसमेत आएका छन् । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव दुई दिनदेखि निवासबाहिर निस्किएका छैनन् । चार दिनअघि सिरहाको लहानमा पार्टी कार्यक्रममा सहभागी भएको विषयमा सामाजिक सञ्जालमा आलोचना भएपछि उनी कार्यक्रम नै स्थगित गरेर काठमाडाैँ फर्किएका थिए । त्यसयता उनी बाहिरी सम्पर्क विच्छेद गर्दै निवासमै बसेका हुन् ।

राजपा नेता महन्थ ठाकुर कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट जोगिन भेटघाट बन्द गरेर निवासमै बसेका छन । एक सातायता सार्वजनिक कार्यक्रममा नदेखिएका उनी पारिवारिक र अत्यावश्यक भेटघाटमा मात्रै सहभागी छन् । त्यस्तै, राजपाका अर्का नेता राजेन्द्र महतोले पनि केही दिनयता भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसको सम्भावित जोखिमका कारण भेटघाट ठीक नभएको भन्दै महतोले कोठामै बसेर पुस्तक पढ्न थालेका छन् ।

by Ramos Sapkota

Related Articles

Reasons not to worry about that ‘new’ swine flu in the news

It may feel odd to be thinking ahead to the next potential pandemic when the world is far from finished with the current one. But reports of a newly identified swine influenza virus that shows […]

bipinapoudel News
How to draw a Human skull with labeling?
admin Articles
प्रेम : एक भोजन कविता
bipinapoudel Education
हलिवुड अभिनेता Tom Hanks र उनकी पत्नी Rita Wilson लाई लाग्यो कोरोना भाइरस
admin Health
Corona virus Death Toll
ramos Health

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd