March 29, 2020
पाल्पाको लुम्बिनी मेडिकल कलेजले ज्वरो आएका बिरामीलाई एम्बुलेन्समै सोधपुछ गरी फर्काइदिएको छ । बगनासकाली गाउँपालिका २ पोखराथोकका २० वर्षीय दामोदर कुमाललाई कलेजले घरमै आइसोलेसनमा बस्न सुझाउँदै फर्कादिएको हो ।
‘मलाई ज्वरो आएको छ, खोकी लागेको छ, थकान महसुुस हुन्छ भनेपछि छिमेकीले अस्पताल जान भने, अनि आएको हुँ’, कुमालले भने, ‘तर अस्पतालले एम्बुलेन्सबाट नझर्नुस् भनेर टाढैबाट ज्वरो नाप्यो, घरमै गएर बस्नु भन्दै आमासँग औषधि दिएर पठायो ।’
उनी भारतको मुम्बईबाट गोरखपुर-सुनवल-बुटवल हुँदै पोखरा जाने नाइट बसमा ९ चैत्रमा घर आएका थिए । यस्ता बिरामीलाई मेडिकल कलेजले आइसोलेसनमा राखेर उपचार गर्नुपर्नेमा घरमा पढाएकोमा सरोकारवालाहरुले दुःख व्यक्त गरेका छन् ।
मेडिकल कलेजका निर्देशकले भने बिरामी चेक गरेर औषधिसहित पठाएको बताए । उनले भने, ‘परिस्थिति त्यस्तै परेर होला एम्बुलेन्सबाट फर्काएको । तर, मलाई त्यसो गरिएजस्तो लाग्दैन, डा. पुजन ड्यूटीमा हुनुहुन्थ्यो । अहिले उहाँसँग मेराे सम्पर्क भएको छैन ।’
बिरामीलाई एउटी नर्सले टाढैबाट एम्बुलेन्समै हेरर उनकी आमासँग औषधि पठाइदिएको एम्बुलेन्स चालक नारायण जिसीले बताए । उनले भने,‘बिरामीले पिसाब लागेर एम्बुलेन्सबाट झर्छु भन्दापनि बाटोमा गएर गरे हुन्छ भन्दै अस्पतालबाट फर्काइदिए ।’
बिरामीको अवस्थाबारे गाउँपालिकाका स्वास्थ्यकर्मीले तानसेनस्थित युनाइटेड मिसन अस्पताललाई जानकारी गराएका थिए । अस्पतालले ‘यहाँ ल्याउने हैन, हामी हेर्दैनाैं’ भन्ने अभिव्यक्ति दिएपछि, मेडिकल कलेज पठाइएको बगनासकाली गाउँपालिकाका स्वास्थ्य संयोजक मनिराम अधिकारीले बताए । उनले भने, ‘ठूला अस्पतालले यसाे गरेपछि अब बिरामीले कसरी उपचार पाउने ?’
बिरामीलाई एम्बुलेन्सबाटै फर्काइएको घटनाप्रति प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, ‘हामीले शनिबार दिउँसो अनुगमन गरेका थियौँ तर बेलुका यस्तो गरेछन् । यसरी बिरामीलाई उपचारै नगरी फर्काउने छुट कसैलाई छैन ।’
नेपालमा शनिबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या तीन हजार दुई सय २३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले बताए […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd