March 29, 2020
पशुपति क्षेत्र विकास कोषले गरिब र असहायलाई निःशुल्क शव जलाउन दिने भएको छ। कोषले मुलुक लकडाउन भएको अवस्थामा कसैले पनि असुविधामा पर्नु नपरोस् भनेर यस्तो सुविधा दिने जनाएको हो।
काठमाडौं नक्साल बसेर ज्यालादारी गर्दै आएकी भक्तपुरकी २७ वर्षीया रिना श्रेष्ठ पतिको मृत्युपछि पशुपतिस्थित विद्युतीय शवदाह गृह पुग्दा रकम अभावमा समस्यामा परेको समाचार सार्वजनिक भएपछि कोषले यस्तो निर्णय गरेको हो।
‘कोषले नियमअनुसार यसअघि पनि गरिब र असहायलाई निःशुल्क गर्दै आएको छ’, कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले भने, ‘विद्युतीय शवदाह गृहमा शनिबार भएको घटनामा कागजी प्रक्रियामा केही अस्पष्टता भएर हो, कोषले यस्तो अवस्थामा नियमबमोजिम सबैलाई निशुल्क गर्छ।’
उनका अनुसार, नियममा सम्बन्धित नगरपालिकाको हकमा वडा कार्यालय वा गाउँपालिकाले सिफारिस गरेको सन्दर्भमा कागजातका आधारमा निःशुल्क शव जलाउने सुविधा दिँदै आएको छ।
‘अन्यथा के आधारमा कसरी दिने ? संभवत शनिबार त्यस्तै भएको हुनुपर्छ’, थापाले भने, ‘तर, मुलुक नै लकडाउन भएकाले अवस्था विचार गरेर सुविधा दिन्छौं। सबै कुरा खोज्ने कुरै भएन।’
पछिल्लो २४ घन्टामा देशभरि थप तीन सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत नेपालमा संक्रमितको संंख्या ६ हजार पाँच सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd