March 28, 2020
नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या पाँच पुगेको छ। शनिबार भएको स्वास्थ्य परीक्षणामा थप एक १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ भेटिएको हो। बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा १७ मार्च (चैत ४ गते) नेपाल आएकी बाग्लुङकी युवतीमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो।
यसअघि नेपालमा चार जनामा कोरोना पुष्टि भएको थियो। त्यसमध्ये एकजना उपचारपछि निको भएका छन्। अन्य तीन जनामध्ये दुईको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एकजनाको प्रादेशिक अस्पताल धनगढीमा उपचार भइराखेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार टेकु अस्पतालमा मात्रै चारजना आइसोलेसन र ६ जना क्वारेन्टाइनमा गरी १० जनाको उपचार भइराखेको छ ।
कोरोना परीक्षणका लागि आवश्यक पर्ने सामान लिन नेपाल एयर लाइन्सको वाइड बडी विमान शनिबार नै चीन गएको छ । यो विमान आइतबार बिहानसम्म सामान लिएर आइपुग्ने डा. देवकोटाले बताए । उनका अनुसार विमानबाट स्वास्थ्यकर्मीले लगाउने पीपीईसँगै अन्य महत्वपूर्ण उपकरण ल्याइने छ । डा. देवकोटाले शनिबारबाटै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण सुरु भएको जानकारी दिए ।
Health is an important issue in context of Nepal. Compared to developed countries around the globe Nepal
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd