May 17, 2020
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे बहस भइरहेको थियो ।
तर, शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना सङ्क्रमण कारण ज्यान गएपछि सरकार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारीमा जुटेको छ ।सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि सोमबार सकिँदैछ ।“लकडाउनको अहिलेकै मोडललाई यथावत राख्ने कि, आर्थिक क्रियाकलाप गर्न दिइने भनेर बहस भइरहेको थियो ।
तर, कोरोना सङ्क्रमणका केस बढ्न थालेपछि लकडाउन यथावत राख्नुको विकल्प छैन,” उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले भने ।
यद्यपि यसबारे साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ ।“आज दिउँसो साढे दुई बजे समन्वय समितिको बैठक बस्दै छ ।
त्यहाँ लकडाउनका विषय छलफल हुनेछ । प्राप्त सुझावहरूका आधारमा मन्त्रिपरिषद्ब बैठकले निर्णय लिनेछ,” मन्त्रीको भनाइ छ ।शुक्रबार उच्चस्तरीय समितिले जनस्वास्थ्य विज्ञहरूसँग पनि परामर्श गरेको थियो ।
विज्ञहरूले परीक्षणको दायरा फराकिलो पार्न र स्वास्थ्यकर्मीलाई सिफ्टमा काम लगाउन सुझाव दिएको थियो । जनस्वास्थकर्मीहरूले लकडाउनलाई यथावत् राख्न र सीमामा अझै कडाइ गर्न सल्लाह दिएका थिए ।
“पछिल्लो अवस्थालाई विश्लेषण गर्दा लकडाउनलाई थप कडाइ गर्नुपर्ने देखिएको छ,” मन्त्रीको निष्कर्ष छ ।
पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा सात सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले कुल संक्रमितकाे संख्या १५ हजार दुई सय ५९ […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd