navbar brand

Article

29 Mar 2023, Wed
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

खाद्यान्न अब घरघरमै – Lock Down Effect

March 28, 2020

तीन दिनभित्र खाद्य स्टोर, सुपरमार्केट, सपिङ मलले लकडाउनमा बसेका जनताकहाँ सामान पुर्‍याउने

सरकारले कोरोना भाइरसका कारण ‘लकडाउन’मा बसिरहेका सर्वसाधारणलाई अत्यावश्यक खाद्यवस्तु घरघरमै पु-याउने व्यवस्था गर्ने भएको छ । खाद्य स्टोर, सपिङ सेन्टर, सुपरमार्केट तथा ठूला सपिङ मलले घरघरमै खाद्यवस्तु पु-याउने विषयमा सहमति जनाएका छन् । 

गृह मन्त्रालयमा बिहीबार बसेको सचिवस्तरीय बैठकमा उनीहरू लकडाउनमा रहेका नागरिकलाई खाद्यवस्तु उपलब्ध गराउन सहमत भएको गृह प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । ‘जनता लकडाउनमा छन् । पसल खोल्दा भिडभाड हुने भएकाले विकल्प खोजेका हौँ,’ उनले भने, ‘त्यसमा होम डेलिभरी नै उत्तम लाग्यो । व्यापारीहरूकै सुझाबमा अब जनतालाई अत्यावश्यक वस्तु घरघरमै पु¥याइनेछ ।’

होम डेलिभरी गर्ने स्टोरले टोल–फ्री नम्बर सार्वजनिक गर्दै 

गृहका अनुसार खाद्य सामग्री होम डेलिभरी गर्ने स्टोरले टोल–फ्री नम्बर सार्वजनिक गर्नेछन् । उनीहरूले यसअघि नै एप्स वा अनलाइनमार्फत गरिने सपिङ प्रणाली विकास गरेका छन् भने त्यसलाई पनि प्राथमिकता दिइनेछ । उपभोक्ताले आवश्यक सामग्री सोही टेलिफोन, एप्स वा अनलाइनमार्फत माग गर्नेछन् । स्टोरले सम्पूर्ण माग संकलन गर्नेछ । मागबमोजिमको सामग्री उनीहरूले विशेष भ्यानमार्फत घरमै पु¥याउन सक्नेछन् । 

‘अनलाइन सपिङलाई प्राथमिकता दिइनेछ । त्यो प्रणाली विकास नभएका स्टोरले अनिवार्य रूपमा टेलिफोन नम्बर सार्वजनिक गर्नेछन् । सोही टेलिफोनमा वा अनलाइनमार्फत ग्राहकले आवश्यक सामग्री माग गर्नेछन् । सोही मागअनुसार स्टोरले ग्राहकसमक्ष सामग्री पु-याउनेछन्,’ गृह प्रवक्ता शर्माले भने ।

खाद्यवस्तु घरघरमै पु-याउन तीन दिन लाग्ने

गृह मन्त्रालयले यो सुविधा तत्काल लागू हुने भने पनि प्रणाली विकास गर्न समय लाग्ने भएकाले खाद्यवस्तु घरघरमै लैजान तीन दिन लाग्नेछ । अपार्टमेन्टमा बस्नेहरूका लागि भने यो सुविधा तत्काल सुरु हुनेछ ।

अपार्टमेन्टमा सबै एकै ठाउँ बस्ने र सामग्री लग्न सजिलो हुने भएकाले यो सुविधा तत्काल सुरु गर्न लागिएको हो । तर, अन्य स्थानमा बस्नेका लागि भने प्रणाली नै विकास गर्नुपर्ने भएकाले तीन दिन लाग्न सक्ने गृह प्रवक्ता शर्माले बताए । ‘अपार्टमेन्टमा माग भएका सामग्री एकैपटक लैजान सजिलो हुने देखियो । तर, छुट्टाछुट्टै बस्नेको हकमा अलि गाह्रो हुने देखियो । यसका लागि सिस्टम नै विकास गर्नुपर्छ,’ उनले भने ।

गृहका अनुसार यो सुविधा सहरकेन्द्रित हुनेछ । गाउँघरका स्थानीयका लागि नजिकैको किराना पसलबाटै सुविधा दिइनेछ । गाउँमा उत्पादन घरघरमै हुने र पसलमा भिड नहुने भएकाले यो सुविधा सहरकेन्द्रित गर्न लागिएको गृह प्रवक्ता शर्माले जानकारी दिए । 

विकल्पमा ‘कम्बो प्याक’

होम डेलिभरीको विकल्पमा कम्बो प्याकको सुविधा पनि स्टोरहरूले गर्ने भएका छन् । कम्बो प्याकभित्र पाँच किलो चामल, तरकारी, बेसार, नुन, खुर्सानी, मसलालगायत सामग्री हुनेछन् । जसको निश्चित मूल्य तोकिनेछ । ती सामग्री मोबाइल स्टोरमा राखिनेछ । उपभोक्ताले विनाबार्गेनिङ कम्बो प्याक लिनेछन् । यसबापत तोकिएको मूल्य तिर्नेछन् । भिडभाड नहुने भएकाले यस्तो कन्सेप्ट ल्याइएको गृह मन्त्रालयको भनाइ छ ।

सुरक्षा व्यवस्था चुस्त पारिने

होम डेलिभरी र कम्बो प्याक खाद्य वितरण प्रणालीमा सघाउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीलाई निर्देशन दिइसकेको छ । उपत्यकाको हकमा आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । उनले भने, ‘जनताको सुविधाका लागि होम डेलिभरीको कन्सेप्ट आएको हो, यसमा सघाउन प्रहरी प्रशासन तयार छ । आवश्यक सुरक्षा प्रबन्ध मिलाउन मातहतका सबैलाई भनिएको छ ।’

होम डेलिभरी र कम्बो प्याक खाद्य वितरण प्रणालीमा बदमासी हुन नदिन महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष टोली नै परिचालन गर्नेछ । यसको मुख्य उद्देश्य वितरण प्रणालीमा सघाउने र बदमासी हुन नदिने हो । काठमाडौं परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले होम डेलिभरी र कम्बो प्याक खाद्य वितरण प्रणाली व्यवस्थित तुल्याउन विशेष टोली नै परिचालन हुने बताए । उनले भने, ‘होम डेलिभरी र कम्बो प्याक खाद्य वितरण प्रणाली नयाँ हो । यसलाई व्यवस्थित गर्न र बदमासी हुन नदिन प्रहरीले खास भूमिका खेल्नेछ । यसका लागि प्रहरी परिचालन हुनेछ ।’

यस्ता छन् गृहका ६ निर्णय

- काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं विक्रेताले आ–आफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउने ।

- आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने ।

- पसल सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।

- माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै स्टोर एवं विक्रेताले आ–आफ्नो टोल–फ्री नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार–प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, अनलाइन, अफलाइनमार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुको कम्बो प्याक बिक्रीवितरण गर्ने ।

- दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न-गराउन सबै वडा कार्यालयबाट आवश्यक सहजीकरण गर्ने÷गराउने व्यवस्था काठमाडौं महानगरपालिका, सम्बन्धित उपमहानगरपालिका र नगरपालिकाहरूले मिलाउने ।

- काठमाडौं उपत्यकाबाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवं विक्रेताहरूले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले सहयोग गर्ने ।


प्रहरी नेतृत्वलाई गृहमन्त्रीको निर्देशन- यो हाम्रो परीक्षाको घडी हो, नम्र भएर लकडाउनको पालना गराउनू

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीका नवनियुक्त एआइजीलाई बधाई र निर्देशन दिँदै उनले अहिलेको समय सरकारका लागि परीक्षाको घडी भएको बताए ।

‘मुलुक अहिले कोरोना भाइरसले उत्पन्न गरेको संकटमा छ, यसवेला सुरक्षा निकायको भूमिका थप बढी हुन्छ, यो हाम्रो परीक्षाको घडी पनि हो,’ बिहीबार गृह मन्त्रालयमा थापाले भने, ‘लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनुहोस्, लकडाउन जनताकै स्वास्थ्यका लागि हो भन्ने सम्झाउनुहोस्, जनतालाई नम्र भएर यसको पालना गराउनुहोला ।’ जनतालाई कुनै समस्या भए तत्काल पुग्न, कालाबजारीको अनुगमन बढाउन पनि मन्त्री थापाले निर्देशन दिएका छन् । स्वास्थ्य संस्थाका गतिविधिप्रति निगरानी बढाउनुपर्ने उनको भनाइ थियो ।

गृहसचिव महेश्वर न्यौपानले पनि एआइजीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै जनअपेक्षाअनुरूप काम गर्न निर्देशन दिएका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसहित बुधबार फुली लगाएका एआइजीहरू तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पाल उपस्थित थिए । 

by Ramos Sapkota

Related Articles

Water resources of Nepal

Nepal is one of the richest countries in water resources in the world, It stands in the second position after Brazil in water resources. But economic development of Nepal largely depends on the development of […]

bipinapoudel Education
प्रचण्ड र माधव कुमार नेपालको ‘डिभोर्स’, फर्किए आआफ्नै पार्टीमा
bipinapoudel News
युरोप र अमेरिकामा ह्‍वात्तै बढ्यो कोरोना संक्रमण, इटालीमा एकैदिन १९६ को मृत्यु
ramos Health
Reasons not to worry about that ‘new’ swine flu in the news
bipinapoudel News
लोकसेवा आयोग द्वारा भिभिन्न परिक्षा रद्ध गरिएको सूचना
admin Education

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd