navbar brand

Article

17 Aug 2022, Wed
  • Pathshal Apps Shortcuts
    राशिफल
    Quiz
    Converter
    Dictionary
    Facebook Apps
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • Gk Quiz

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

सीमा विवाद सैन्य झडपमा परिणत, २० भारतीय सैनिकको मृत्यु, १५ बेपत्ता, चीनततर्फको क्षति खुलेन

June 17, 2020

दुई ठूला छिमेकी भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको छ । दुई देशको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको छ । जनसंख्याको हिसाबले विश्वको पहिलो र दोस्रो तथा परमाणु शक्ति सम्पन्न दुई उदाउँदा शक्तिबीचको तनावले एसिया मात्र होइन, पूरै विश्व तरंगित भएको छ ।

चिनियाँ सेनासँगको मुठभेडमा भारतका ३४ सैनिक बेपत्ता भएको समाचार बेलायती पत्रिका टेलिग्राफको अनलाइन संस्करणमा मंगलबार दिउँसो नै प्रकाशित भएको थियो । तर, मंगलबार साँझसम्म भारतीय पक्षले एक कर्णेलसहित तीनजनाको निधन भएको बताएको थियो । तर, राति ११ बजे भारतीय रक्षा मन्त्रालयले २० जना सैनिक मारिएको पुष्टि गरेको छ । भारतीय दैनिक भास्करले अरू १५ सैनिक बेपत्ता भएको उल्लेख गरेको छ ।

झडप भएको क्षेत्र चीनले नियन्त्रणमा राखेको छ । त्यसैले चीनले शव पठाएपछि मात्र भारतले मृतकको संख्या यकिन गरेको हो । ‘चिनियाँ पक्षले मृतक भारतीय सैनिकको संख्या एकैपटक होइन, पालैपालो पठाएको छ,’ दैनिक भास्करले लेखेको छ । भास्करले चीनतर्फ ४३ सैनिक हताहत भएको दाबी गरेको छ । तर, स्वतन्त्र पुष्टि गरेको छैन ।

उता चिनियाँ पत्रिका ग्लोबल टाइम्सले झडपमा दुवैतर्फ क्षति भएको बताए पनि मृतक तथा घाइते सैनिकको संख्या यकिन नभएको लेखेको छ । भारततर्फ २० सैनिक मारिएको आधिकारिक पुष्टि हुँदासम्म चिनियाँ पक्षले आफ्नोतर्फको क्षतिको विवरण खुलाएको छैन । 

बरु ग्लोबल टाइम्सका सम्पादकले ट्विटमा भनेका छन्, ‘मलाई जानकारी भएसम्म गलवान उपत्यकामा भएको झडपमा चिनियाँ पक्षलाई पनि नोक्सान भएको छ । म भारतीय पक्षलाई भन्न चाहन्छु कि अभिमानी नबन्नुस् र चीनको संयमलाई उसको कमजोरी नसोच्नुस् । चीन संघर्ष चाहँदैन, तर हामी संघर्षसँग डराउँदैनौँ ।’

ग्लोबल टाइम्सका सम्पादकको ट्विटभन्दा अगाडि सोही पत्रिकाकी एक रिपोर्टर वाङ वेनवेनले झडपमा चीनका पाँच सैनिक मारिएको र ११ घाइते भएको लेखेकी थिइन् । भारतीय स्रोतलाई उद्धृत गर्दै लेखेको ट्विट उनले पछि डिलिट गरिन् ।

भारत र चीन दुवैले एक–अर्काको सीमा क्षेत्रमा सैनिक प्रवेश गरेका कारण झडप निम्तिएको आरोप लगाएका छन् । गोली नचलेको सो घटनामा भएको यसलाई निकै ठूलो मानवीय क्षति मानिएको छ । चीनतर्फ पनि क्षति भएको बताइए पनि पुष्टि हुन सकेको छैन । 

भारत र चीनको सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान भ्यालीमा गत २४ वैशाखदेखि तनाव बढ्दै आएको थियो । तनाव घटाउन दुवै देशले सैनिक तथा कूटनीतिक स्तरमा औपचारिक र अनौपचारिक वार्ता गर्दै आएका थिए ।

तर, सोमबार रातिको घटनाले दुई देशलाई सीधै आमने–सामने बनाएको छ । तर, अझै पनि दुवै देशले शान्तिपूर्ण वार्ताबाटै समस्या समाधान गर्ने बताएका छन् । थप झडप रोक्न र परिस्थिति सामान्य बनाउन गलवान क्षेत्रको पेट्रोल प्वाइन्ट नम्बर १७ मा भारतीय र चिनियाँ डिभिजन कमान्डरस्तरीय बैठक बसेको थियो । तर, बैठकमा भएका निर्णयबारे सार्वजनिक गरिएको छैन । 

चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिक चिनियाँ इलाकामा जबर्जस्ती प्रवेश गरेका कारण झडप भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भारतीय सेनालाई संयमित राख्न र एकतर्फी रूपमा जबर्जस्ती चिनियाँ भूभागमा प्रवेश गर्न नदिन भारत सरकारलाई आग्रह गरेका छन् ।

उनले भने, ‘पूर्ववत् सहमतिका आधारमा भारतीय पक्षलाई आफ्नो फौज आफ्नै सीमाभित्र रोक्न हामी आग्रह गर्दछौँ । शान्तिपूर्ण रूपमा परिस्थितिको समाधान गर्न हामी कटिबद्ध छौँ ।’ घटनामा चिनियाँ पक्षमा मानवीय क्षति भए–नभएको विषयमा चिनियाँ विदेश मन्त्रालयले केही भनेको छैन ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तबले पनि चिनियाँ सेना सोमवार मध्यरातमा भारतीय भूमितर्फ प्रबेश गरेका कारण झडप भएको बताएका छन् । मंगलवार साँझ जारी प्रेस नोटमा उनले सीमाक्षेत्रबाट सैनिक फिर्ता गर्ने सहमति चिनियाँ पक्षले पालना नगरी भारततर्फ आउँदा हिंसा भएको र दुबैतर्फ हताहती भएको  दाबी गरेका छन् । उनले भनेका छन्, 'हामी सीमावर्ती क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्नुपर्ने पक्षमा छौँ र सम्बादबाट मतभिन्नता समाधानका लागि दृढ छौँ । हामी भारतको संप्रभुता  र भौगोलिक अखण्डता रक्षाका लागि दृढतापूर्वक प्रतिबद्ध छौँ ।'

पूर्वी लद्दाखका गलवानबाहेक पाङगोङ सो, डेमचोक, दौलत बेग ओल्डी, हट स्प्रिङलगायतका क्षेत्रमा दुवै देशका सैनिक आमने–सामने छन् । चीन र भारत दुवैले गलवान नदीलाई आफ्नो दाबी गरेका छन् । 

२४ वैशाखमा गलवान भ्यालीको सीमा क्षेत्रमा दुवै पक्षका सैनिकबीच झडप हुँदा भारतीय सेनाका ७६ जना घाइते भएका थिए । ‘टाउकोमा चोट लागेका भारतीय कमान्डिङ अफिसरलाई एयरलिफ्टबाट दिल्ली पुर्याइएको थियो,’ भारतीय अंग्रेजी दैनिक द हिन्दुले लेखेको छ । त्यसको चार दिनपछि सिक्किमको नाथुला सीमा क्षेत्रमा पनि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । गलवान उपत्यकामा ६ सातादेखि आमने–सामने भए पनि अहिलेसम्म कुनै पनि पक्षले ‘फायरिङ’ भने गरेका छैनन् । 

तनाव साम्य पार्न पछिल्लोपटक भारतीय विदेश मन्त्रालयको चीन डिभिजन हेर्ने सहसचिव नवीन श्रीवास्तव र चिनियाँ विदेश मन्त्रालयका महानिर्देशक वु जियाङहउबीच २३ जेठमा भिडियो वार्ता भएको थियो । यसैगरी, २४ जेठमा दुई देशका सेनाका लेफ्टिनेन्ट जनरलस्तरमा प्रत्यक्ष वार्ता भएको थियो । वार्तामा भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र चीनका तर्फबाट मेजर जनरल लियु लिन सहभागी थिए । त्यसयता दुई चरणमा मेजर जनरलस्तरमा वार्ता भएको थियो । सोमबार मात्रै भारत र चीनका ब्रिगेड कमान्डरस्तरमा वार्ता भएको थियो । तर, राति नै झडप भएको छ ।

गलवान उपत्यकामा भारत र चिनियाँ फौज क्रमशः पछि हट्दै गएको र परिस्थिति सामान्य हुँदै जाने अपेक्षा गरिएका वेला झडप भएको हो । सीमा क्षेत्र भारत र चीन दुवैका लागि रणनीतिक तथा आर्थिक रूपमा महत्वपूर्ण रहेको सामरिक मामिलाविद् सी राजामोहनले द इन्डियन एक्सप्रेसमा उल्लेख गरेका छन् । चीनले तिब्बततिर सडकलगायतको पूर्वाधार निर्माण गरिसकेको छ भने भारतले आफ्नो क्षेत्रमा सडक, पूर्वाधार तथा हवाई बेस बनाइरहेको छ ।

सन् १९६२ मा भारत र चीनबीच सीमायुद्ध भएको थियो । सो युद्ध विराम भएको पाँच वर्षपछि सन् १९६७ को जुन ११ मा सिक्किमको नाथुला सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान भएको थियो । भिडन्तमा ८० जना भारतीय सैनिकको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी चिनियाँ सैनिक मारिएको भारतीय दाबी थियो ।

सन् १९७५ अक्टोबर २० मा अरुणाचलको टुलङ ला क्षेत्रमा चिनियाँ एम्बुसमा परी भारतीय असाम राइफल्सका चारजना सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई देशबीच तनाव बढे पनि र सैनिकहरूबीच धक्कमधक्का भए पनि मानवीय क्षति भएको थिएन । 

तीन वर्षअघि सन् २०१७ को जुन १६ देखि अगस्ट २८ सम्म भारत र चीनका सैनिकबीच भुटानको डोक्लाम क्षेत्रमा युद्धको स्थित बनेको थियो । तर, दुई देशबीच कूटनीतिक वार्तापछि दुवै पक्ष फिर्ता भएर परिस्थिति साम्य भएको थियो । 

भारतले संविधानको धारा ३७० खारेज गरी जम्मु र कस्मिर तथा लद्दाखलाई केन्द्रशासित अलग–अलग प्रदेश बनाएपछि लद्दाख क्षेत्रमा सुरक्षा बढाएको थियो । यसमा चीन असन्तुष्ट थियो । 

पाकिस्तान प्रशासित कस्मिरबाट काराकोरम हाइवे हुँदै पाकिस्तानको ग्वादर बन्दरगाह जोड्ने चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) निर्माणमा भारतको असन्तुष्टि छ । तर, मनोवैज्ञानिक तनाव अचानक झडपमा परिणत भएको छ ।

भारत र चीनबीच अहिले ६ सातादेखि तनाव भइरहेको गलवान उपत्यका दुई देशको सीमा क्षेत्र ‘लाइन अफ एक्चुअल कन्ट्रोल’मा छ । गलवान उपत्यका चीनको दक्षिणी सिनजियाङ प्रान्त र भारतको लद्दाखसम्म फैलिएको छ । भारतका रक्षा मामलाका जानकारहरूका अनुसार यो भाग भारतका लागि सामरिक रूपमा महत्वपूर्ण छ किनभने यो पाकिस्तान, चीन र भारतको सीमासँग जोडिन्छ । चीनका लागि पनि यो क्षेत्र रणनीतिक र आर्थिक रूपमा महत्वपूर्ण छ ।

चीन–पाकिस्तान इकोनोमिक कोरिडरको काराकोरम राजमार्ग पनि यही क्षेत्रबाट अघि बढ्छ । भारत र चीनबीच वास्तविक सिमाना कोरिएको छैन, तीन हजार चार सय ८८ किलोमिटर लामो सीमा छ । लाइन अफ एक्चुअल कन्ट्रोल मात्र तय भएको छ, त्यो लाइनबारे पनि दुई देशका आ–आफ्नै दाबी छन् । त्यसैले वेलावेलामा तनाव भइरहन्छ । सन् १९६२ मा युद्ध लडेका भारत र चीनले अहिले लद्दाख क्षेत्रमा सैनिक संख्या बढाएका छन् ।

दुई देशबीच तनाव बढ्दै गएपछि तीन साताअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताका लागि आफू तयार रहेको बताएका थिए । तर, दुवै देशले यसलाई अस्वीकार गरेका थिए र आपसी संवादबाट हल गर्ने बताएका थिए ।

अन्तर्राष्ट्रिय मिडियामा भारत–चीन तनाव

भारत र चीनका सेनाबीचको हिंसात्मक तनावलाई विश्वभरका प्रमुख समाचार संस्थाले महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । सिएनएनले भनेको छ, ‘यो अहिलेका लागि तनाव हो, तर दुई देशबीचको ६ दशक लामो सीमा–विवाद हल गर्न यही घटना ‘गेमचेन्जर’ हुन सक्छ । तर, शान्तिको पक्षमा भूमिका खेल्ने युद्ध–उन्माद फैलाउने शैलीले चुनौती थप्न सक्छ ।’ राष्ट्रवादी छवि बनाउन चीन र भारत दुवै देशका राजनीतिक नेतृत्वलाई जनताको दबाब रहेको पनि वासिङटन पोस्टले लेखेको छ ।

न्युयोर्क टाइम्स, अलजजिरा, बिबिसी, गार्जियनमा पनि यो विषयमा समाचार छन् । ‘यो तनाव दुई देशबीच सीमित नहुन सक्छ, यसले विश्वलाई प्रभावित गर्न सक्छ,’ वासिङटन पोस्टले भनेको छ, ‘चीनको आक्रामक गतिले समस्या बढाएको छ । भारतले सीमानजिक बलिया पूर्वाधार बनाउन थालेपछि बिआरआई परियोजना खतरामा पारेको चीनको बुझाइले तनाव बढाएको हो ।’ 

बिबिसीले विश्वका दुई ठूला सैनिक राष्ट्र सीमामा आमने–सामने भएको यो समय विश्वशान्तिका लागि जोखिमपूर्ण रहेको उल्लेख गरेको छ । त्यस्तै, बेलायती पत्रिका डेली एक्सप्रेसले त तेस्रो विश्वयुद्धको आशंका गरेको छ । ‘परमाणुसम्पन्न दुई शक्तिशाली राष्ट्रबीचको सैन्य टकराव बढे विनाशकारी युद्ध हुन सक्छ, कोभिड महामारी झेलिरहेको विश्वका लागि यो थप चिन्ताको विषय हो,’ पत्रिकाले लेखेको छ । 

भारत र चीनको तनावले कालापानीमा गतिविधि बढ्न सक्छ : विनोज बस्न्यात, सामरिक मामिलाविद् एवं पूर्वउपरथी

वास्तवमा लद्दाख क्षेत्र भारत र चीन दुवैका लागि रणनीतिक रूपमा महत्वपूर्ण छ । चीनले सो क्षेत्रमा चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)अन्तर्गतको परियोजना सञ्चालन गरिरहेको छ । त्यस्तै भारतका लागि पनि स्थायित्व र शान्तिका लागि यो क्षेत्र महत्वपूर्ण छ । 

चीनले सो क्षेत्रमा सडकसहितका पूर्वाधार बनाइसकेको छ, भारतले पनि पूर्वाधार र सैन्य संरचना दुवै थपेको छ । त्यसको असर दीर्घकालमा कालापानीसम्म आउने सम्भावना म देख्छु, किनकि कालापानी रणनीतिक रूपमा भारत र चीनका लागि अर्को महत्वपूर्ण बिन्दु हो । त्यसैले त्यहाँ गतिविधि बढ्न सक्छ । दिल्लीबाट सबैभन्दा छिटो चीन पुग्ने बाटो कालापानी र लिपुलेक होे । त्यसैले दुई देशको तनावको असर सम्पूर्ण हिमाली भेगमा पर्ने सम्भावना देखिन्छ ।

चीन र भारतबीच सहकार्य र प्रतिस्पर्धा मात्र नभएर अहिले वैमनश्यता थपिएको छ । अहिले नै दुवै देश ‘फुलस्केल’को युद्धमै जाने सम्भावना त देख्दिनँ । तर, यो क्षेत्रमा अमेरिकाको सैन्य रणनीतिक चासोसमेत थप बढ्न सक्ने अवस्था सिर्जना भएको छ । नेपालले यी सबै घटनाक्रमलाई सतर्कतापूर्वक हेर्नुपर्छ ।

यो परिस्थितिमा नेपाल र भारतबीच सीमा वार्ताको सम्भावना न्यून हुन्छ :गेजा शर्मा वाग्ले, सुरक्षामामिलाविज्ञ

यतिवेला नेपाल, चीन र पाकिस्तानसँग भारतको असमझदारी बढेको छ । पाकिस्तानसँग त उनीहरूको दुस्मनी नै छ । भारत र चीनबीच पनि विवाद छँदै थियो । नेपालसँग पनि विवाद बढेका वेला चीन र भारतबीच तनाव बढेकाले नेपाललाई पनि असर पर्ने सम्भावना छ ।

भारतले छिमेकीहरूसँग कठोर नीति अवलम्बन गर्दै आएको पृष्ठभूमिमा नेपालसँग भारतको द्वन्द्व बढ्न सक्ने देखिन्छ । यही पृष्ठभूमिमा हेर्दा नेपाल र भारतबीच सीमा वार्ताको सम्भावना न्यून हुन्छ । तैपनि हामीले आफ्नो चासो संयमता र सजगतापूर्वक राखिरहनुपर्छ । 

SOURCE: Nayapatrikadaily

by Ramos Sapkota

Related Articles

Healthy Lifestyle for Nepali – 10 Tips

Health is an important issue in context of Nepal. Compared to developed countries around the globe Nepal

admin Health
A memory without a brain
bipinapoudel News
एक महिनाको शुल्क छुट दिने सरकारको निर्णयप्रति निजी विद्यालयको असन्तुष्टी
ramos Education
नयाँ 1 सय 66 जनामा भेटियो कोरोना संक्रमण पुष्टि, निधन हुनेको संख्या 8 पुग्यो
admin Health
Drug Abuse – Signs & Symptoms, Causes
admin Health

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • effect of gravitation
  • force
  • force due to gravity
  • forces between object
  • Gravitational force
  • Gravity
  • intermolecular force
  • human resource development
  • biological aspect of health
  • NEB2076SETB
  • newton's ring experiment
  • wavelength

Donate Sell your used books

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd


Ads ad-300x250
Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Refresh
Powered By
Best Wordpress Adblock Detecting Plugin | CHP Adblock