May 24, 2020
प्रतिरोधात्मक शक्ति बढाउन हामीले कार्बोहाइडेट, प्रोटिन, भिटामिन मिलाएर खानुपर्छ । घरमा भइराख्ने अण्डा, तरकारी दाल गेडागुडी, दूध, दही माछा, मासु खान्छौं । भिटामिन सी जसले इम्युनिटी पावर बढाउँछ, त्यसका लागि कागती खान सक्छौं । अहिलेको सिजनमा मेवा छ । हुन त प्रतिरोधी क्षमता बढाउने फलमा अमला, किबी, अम्बा, जुनार र स्ट्रोबरी पनि लिन सकिन्छ ।
त्यसैगरी ब्रो काउली, पालुंगो, पालक, गोलभेंडा लिन सक्छौं । प्राकृतिक एन्टिभाइटिका रूपमा लसुन, अदुवा बेसार हामी दिनदिनै खाने कुरामा राख्न् गर्छौ । लसुनले हाम्रो रक्त सञ्चारलाई सन्तुलन गर्छ । अदुवाले दुखाइ कम गर्ने र शरीर स्फुर्त राख्ने काम गर्छ । बेसारले बाह्य संक्रमणलाई निस्तेज पार्न वा कोषहरूको क्षयीकरण रोक्नमा मद्दत गर्छ ।
सकेसम्म दैनिक रूपमा गेडागुडी, अन्न उमारेर प्रयोग गर्न सक्यो भने त्यसले इम्युनिटी पावर विकास गर्छ । त्यस्तै प्रोटिनमा् बदाम, आल्मन, काजु, चना, टुसा उमारेको गेडागुडी आउँछ त्यसैगरी भिटामिन ईले हाम्रो छालालाई स्वस्थ राख्न प्रयोग गर्छ ।
यसका लागि गाढा हरियो सागपात, सूर्यमुखीको बियाँ, एभोकाडो, ब्रोकाउली, पालुंगो प्रयोग गर्न सक्छौं । भिटामिन बी ले रक्तकोसिकाको उत्पादन गर्छ । सूर्यमुखीको बियाँ, चना, दूध यसमा पर्छ । यो पनि दैनिक नै प्रयोग गर्न सकिने खानेकुरा हो ।
दही, चिज, गुन्द्रुकले पाचनलाई राम्रो गराउँछ । आयुर्वेदमा एन्टिभाइरल खानेकुरा भन्छौं, जसले भाइरललाई रोक्छ । हरियो लसुन, ताजा अदुवा, जेठीमदु टिमुर यिनीहरूलाई एन्टिभाइरलका रूपमा लिन्छ । अर्को भनेको श्वास–प्रश्वास राम्रो गर्ने खानेकुरामा गाउँघरमा असुरो पाइन्छ । त्यसलाई थोरै मात्रामा प्रयोग गर्न सकिन्छ ।
मरिच, पिप्ला, अदुवा, पाँच औंले, यार्सागुम्बा, अशोकगन्धा यिनीहरूलाई श्वास–प्रश्वास राम्रो गर्ने औषधिका रूपमा गाउँमा प्रयोग गर्न सक्छौं । अर्को कीटनाशक अर्थात् रक्तशोधन गर्ने । रगतलाई सफा राख्ने । गुर्जु, चिराइतो, गुम्पाती । गाउँमा यी सबैजसो पाइन्छन् । ३२ मसला, ११ मसला, ७ मसला भन्ने विविध मसला प्रयोग गर्छौं त्यो पनि हाम्रो लागि एकदमै राम्रो हुन्छ ।
source: https://saptahik.com.np
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd