September 19, 2020
१. मदन पुरस्कार स्थापना घोषणा कहिले भएको थियो ?
– वि.सं. २०१२ मसिंर २८
२. मदन पुरस्कार कहिलेबाट वितरण सुरु भएको हो ?
– वि.सं. २०१३
३. मदन पुरस्कार स्थापना कालको पुरस्कार राशि कति थियो ?
– रु. ४ हजार
४. मदन पुरस्कारको हालको पुरस्कार राशि कति छ ?
– रु. ४ लाख
५. सर्वप्रथम मदन पुरस्कार पाउने को हुन ?
– सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी
६. सबैभन्दा बढिपटक मदन पुरस्कार पाउने को हुन ?
– सत्यमोहन जोशी (तीन पटक)
७. मदन पुरस्कार पाउने पहिलो महिला को हुन ?
– पारिजात (शिरीषको फुल)
८. हालसम्म कति जना महिलाले मदन पुरस्कार पाएका छन् ?
– ४ (पारिजात, झमक घिमिरे, राधा पौडेल र निलम कार्की निहारिका )
९. सबैभन्दा कम उमेरमा मदन पुरस्कार पाउने लेखक को हुन ?
– मोदनाथ प्रश्रित (२४ वर्ष, मानव महाकाव्य )
१०. एउटै परिवारबाट मदन पुरस्कार पाउने को को हुन ?
– धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम
११. मदन पुरस्कार पाउने नेपालका पूर्व प्रधानमन्त्री को हुन ?
– लोकेन्द्र बहादुर चन्द (विसर्जन)
१२. मदन पुरस्कार पाउने पहिलो विदेशी को हुन ?
– फादर विलियम बर्क हेलिङ्गयाक्स (सही शब्द, बि.सं.२०५१)
१३. मदन पुरस्कार पाउने पहिलो
–उपन्यासः मन (लिलाध्वज थापा)
–महाकाब्यः मानव (मोदनाथ प्रश्रित)
–कथासंग्रहः नयाँ सडकको गीत (रमेश विकल)
–कवितासंग्रहः विस्फोट (भीमनिधि तिवारी)
१४. मदन पुरस्कार गुठिका अध्यक्ष को हुन ?
– कुन्द दीक्षित
१५. मदन पुरस्कार पुस्तकालयका अध्यक्ष को हुन ?
– कनकमणि दीक्षित
१६. मदन पुरस्कार पुस्तकालय भवन कहाँ रहेको छ ?
– पाटन ढोका, ललितपुर
१७. मदन पुरस्कार पुस्तकालयका पुस्तकहरूको सूचिलाई के भनिन्छ?
– मदन सौरभ
१८. मदन पुरस्कार पुस्तकालयमा रहेका पत्रिकाको सूचिलाई के भनिन्छ?
– मदन गौरव
१९. कुन कुन वर्ष मदन पुरस्कार वितरण गरिएन ?
– वि.सं. २०३१ र २०३३
२०. मदन पुरस्कार-२०७६ को लागि छनोट भएका पुस्तक र लेखकः
–जोकरको बन्दुक -विमल निभा
–धर्सैधर्साको चक्रव्यूह – तीर्थ श्रेष्ठ
–परित्यक्ता- भुवन ढुङ्गाना
–महारसनिघण्टु (खण्ड १–३) – योगी धर्ममहारस
–महारानी- चन्द्रप्रकाश बानियाँ
–मोह पथ -ललित विष्ट
–यात्रामा – शारदा शर्मा
पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा सात सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले कुल संक्रमितकाे संख्या १५ हजार दुई सय ५९ […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd