August 30, 2020
सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ ।
यसको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता कम्पनी हायर गरिने र ती कम्पनीले आगामी चार÷पाँच महिनामा यसको डिजाइन तयार गरिसक्ने छ । डिजाइन तयार गर्ने प्रक्रियामा सडक विभागका प्रतिनिधिको पनि संलग्नता रहने बताइएको छ । सोही अनुसार सडक विभागको टोलीले ट्रम्स अफ रिफ्रेन्स (टिओआर) तयार पारिरहेको छ । टिओआर परामर्शदाता कम्पनीलाई अध्ययनका लागि दिइने प्रस्तावना हो ।
“यसको डिजाइन तयार भएर विभागमा आइसकेपछि ठेक्का सम्झौतामार्फत निर्माण शुरु हुनेछ”, महानिर्देशक शर्मा भन्नुभयो, “चालु आर्थिक वर्षमा नै ती स्थानमा फ्लाइओभर निर्माणको कार्य शुरु हुनेछ ।” चालू आर्थिक वर्षमा सरकारले उपत्यकामा फ्लाइओभर निर्माणका बजेट समेत छुटाएको छ । आगामी वर्ष तीनवटै फ्लाइओभर निर्माण सक्ने लक्ष्य विभागले लिएको छ ।
चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको चक्रपथमा सरकार आफैंले फ्लाइओभर निर्माण गर्न लागेको उहाँले बताउनुभयो । अहिले आठ लेनको सडक छ भने बीचमा मुख्य चार लेन छ । चार लेनको सीधा सडकमा हिड्न फ्लाइओभर निर्माण गरिने महानिर्देशक शर्माको भनाइ छ । “उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ निर्माण हुने भएपनि ती स्थानमा सरकारको आफ्नै लगानीमा निर्माण हुनेछ”, उहाँले भन्नुभयो, “सरकारको लगानीमा निर्माण हुन लागेको यी नै पहिलो फ्लाइओभर हुनेछन् ।”
अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा ६ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सिड्नीमा चार जना र मेलवर्नमा दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दूतावासलाई […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd