March 10, 2020
फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले विश्वकप फुटबल २०२२ को छनोट खेलहरु स्थगित गरेको छ । एशियाली फुटबल महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा फिफाले विश्वकप फुटबलको छनोट खेलहरु स्थगित गरेको जनाएको छ ।
फिफाले मङ्गलबार एक वक्तब्य जारी गरी मार्च २३ देखि ३१ र जुन १ देखि ९ सम्मका लागि निर्धारित खेल तात्कालका लागि स्थगित गरिएको जनाएको छ । कोरोना भाइरसको संक्रमण फैल्ने जोखिममा उक्त छनोट खेल स्थगित गरिएको फिफाले जनाएको छ । स्थगित गरिएको खेलको पुर्नतालिका सम्बन्धमा फिफाले एशियाली महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा अर्को मीति तोक्ने जनाइएको छ ।
यद्दपी उसले छनोट खेल्ने सम्बन्धित राष्ट्रहरु आपसी समझदारीमा पूर्व निर्धारित मितिमै पनि छनोट खेल खेल्न सक्ने एशियाली फुटबल महासंघले जनाएको छ । त्यसका लागि दुबै राष्ट्रबीच समझदारीसँगै सावधानीका पर्याप्त उपाय अपनाएको हुनुपर्ने जनाएको छ । तोकिएकै मितिमा छनोट खेल्ने फिफा र एशियाली महासंघको पूर्वस्वीकृति अनिवार्य हुने शर्त निर्धारण गरिएको छ ।
त्यसैगरी, फिफाले ओलम्पिक फुटबल प्रतियोगिताको छनोट खेल निर्धारित मितिमै हुने प्रष्ट्याएको छ । तर दक्षिण कोरिया र चीनबीचको खेल भने जुन १ देखि १० सम्मको अर्को सत्रमा हुने एशियाली महासंघले उल्लेख गरेको छ ।
खेलमा सहभागी प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर फिफा र एशियाली महासंघले छनोट खेलको पुर्नतालिका गर्ने एशियाली महासंघले जनाएको छ । यसअघि फिफाले छनोट खेल स्थगित गर्ने सम्बन्धमा सदस्य राष्ट्रहरु समक्ष औपचारिक प्रस्ताव पठाएको थियो ।
नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइसँग चैत्त १३ गते र अष्ट्रेलियासँग चैत्त १८ गते दशरथ रङगशालामा छनोट खेल्ने पूर्वतालिका रहेको थियो । त्यसैगरी, जुन महिनामा जोर्डनसँग स्पर्धा गर्ने तय गरिएको छ ।
नेपालले यसअघि विश्वकप छनोट खेलमा कुवेतसँग ७–० ले हारेको थियो । चाइनिज ताइपेइलाई २–० ले हराएको नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले हार बेहोरेको थियो । घरेलु मैदान दशरथ रङ्गशाला तयार नहुँदा खेल्न सम्भव नभएपछि नेपालले भुटानमा कुवेतसँग १–० ले हार बेहोरेको थियो ।
Did you just completed grade 10th exam, so called the iron gate of educational journey? Do you have lots of things going on your brain? You are probably very tired after this dreadful examination. Or […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd