March 10, 2020
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरस(कोभिड–१९) को संक्रमण अहिले विश्वका ११५ देशमा फैलिइसकेको छ । पछिल्लो समय चीनमा संक्रमित र मृत्युदर भने निकै घटेको छ ।विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले सोमबार मात्रै चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएको जानकारी दिएको थियो। तर पछिल्लो समय युरोपसहित विश्वका विभिन्न मुलुकमा बढिरहेको संक्रमण भने चिन्ताको विषय बनेको डब्लूएचओले बताएको थियो।
मंगलबार दिउँसोसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४ हजार ८५ पुगेको छ भने विश्वभर एक लाख १५ हजारभन्दा बढी संक्रमित भएका छन्। साथै संक्रमितमध्ये निको हुनेको संख्या ४६४ हजारभन्दा बढी रहेको छ।अहिलेसम्म कोभिड–१९ बाट उपचारका लागि कुनै औषधि पत्ता लागेको छैन। अहिलेसम्मका लागि आफ्नै शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै यसबाट निको हुने एक मात्र उपाय हो। अहिलेसम्मको तथ्याङ्कअनुसार कोभिड–१९ को संक्रमणबाट पाका उमेरका व्यक्तिहरु जोखिममा रहेका छन्। अहिलेसम्म मृत्यु हुनेमा पनि बढी उमेरकै रहेको डब्लूएचओको रिपोर्टले उल्लेख गरेको छ।
डब्लूएचओ र चीनको पछिल्लो संयुक्क्त रिपोर्टले उमेरअनुसार कोरोना भाइरसको मृत्यु दरको अवस्था फरक हुने बताएको छ। साथै पहिलेदेखि रोग भएका र निरोगीमा पनि संक्रमणको जोखिम फरक फरक हुने रिपोर्टमा उल्लेख छ।
कोभिड–१९ बाट कुन उमेर समूह जोखिममा छन्?
उमेर समूह | मृत्युदर (पुष्टि भएका केस) | मृत्युदर (समग्र) |
८० भन्दा माथि | २१.९ प्रतिशत | १४.८ प्रतिशत |
७०–७९ वर्ष | ८ प्रतिशत | |
६०–६९ वर्ष | ३.६ प्रतिशत | |
५०–५९ वर्ष | १.३ प्रतिशत | |
४० –४९ वर्ष | ०.४ प्रतिशत | |
३० –३९ वर्ष | ०.२ प्रतिशत | |
२०–२९ वर्ष | ०.२ प्रतिशत | |
१०–१९वर्ष | ०.२ प्रतिशत | |
०–९ वर्ष | अहिलेसम्म शून्य मृत्यु |
स्रोत : विश्व स्वास्थ्य संगठन डब्लूएचओ र चीनको रिपोर्टले कोभिड–१९ को संक्रमण बालबालिकामा एकदमै न्यून रहको छ। अहिलेसम्मको तथ्याङ्कअनुसार ९ वर्षसम्मका बालबालिकामा यसको संक्रमणको जोखिम अति न्यून रहेको छ। अहिलेसम्म कोभिड–१९ बाट ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको छैन। अहिलेसम्म कोभिड–१९ को संक्रमणको जोखिम ८० वर्षभन्दा माथिका व्यक्तिमा देखिएको छ। अहिलेसम्म मृत्यु भएकामध्ये १४.८० प्रतिशत रहेको छ। त्यस्तै ८ प्रतिशत मृत्यु ७० देखि ७९ उमेर समूहका व्यक्तिको भएको छ।
संक्रमितमध्ये ६० देखि ६९ वर्ष उमेर समूहका व्यक्ति ३.६ प्रतिशत र ५० देखि ५९ वर्ष उमेर समूहका १.३ प्रतिशतको मृत्यु भएको छ। ५० वर्षमुनिका व्यक्तिमा भने कोभिड–१९ को संक्रमणको जोखिम न्यून रहेको छ। अहिलेसम्म ०.४ प्रतिशत मृत्यु ४० देखि ४९ वर्ष उमेर समूहका व्यक्तिको भएको छ। त्यस्तै ०.२ प्रतिशत १० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको छ।
साथै मर्ने र जोखिमको संख्या पनि पुरुष र महिलामा फरक देखिएको छ। चीनमा महिलाभन्दा पुरुषमा धुमपान गर्ने बढी छन्। धूमपानले श्वासप्रश्वासका समस्या निम्त्याउँछ। त्यसैले पनि मृत्यु हुनेमा पुरुष बढी छन्।
लिंग | मृत्युदर (पुष्टि भएका केस) | मृत्युदर (सबै केस) |
पुरुष | ४.७ प्रतिशत | २.८ प्रतिशत |
महिला | २.८ प्रतिशत | १.७ प्रतिशत |
स्रोत : विश्व स्वास्थ्य संगठन त्यसैगरी पहिलादेखि नै कुनै रोगबाट बिरामी छन् भने उनीहरुलाई कोरोनाको जोखिम बढ्न सक्छ।
पहिलेदेखिको रोग | मृत्युदर(पुष्टि भएका केस) | मृत्युदर(सबै केस) |
मुटुसम्बन्धी रोग | १३.२ प्रतिशत | १०.५ प्रतिशत |
मधुमेह | ९.२ प्रतिशत | ७.३प्रतिशत |
श्वासप्रश्वाससम्बन्धी रोग | ८ प्रतिशत | ६.३ प्रतिशत |
हाइपरटेन्सन | ८.४ प्रतिशत | ६ प्रतिशत |
क्यान्सर | ७.६ प्रतिशत | ५.६ प्रतिशत |
रोग नभएका | ०.९ प्रतिशत |
स्रोत : विश्व स्वास्थ्य संगठन
माथिको तालिकाले पनि पहिलेदेखि नै रोग भएका र नभएकालाई कोभिड–१९ को जोखिममा फरक देखिएको छ। रोग नभएका व्यक्तिमा यसको जोखिम अत्यन्तै न्यून रहेको छ। तथ्याङ्कअनुसार अहिलेसम्म मृत्यु भएकामध्ये यसअघि कुनै पनि रोग नभएका व्यक्तिको संख्या ०.९ प्रतिशत मात्र रहेको छ।
अध्ययन तथा तथ्याङ्कले कोभिड–१९ बाट मृत्यु हुनेमध्ये पाका उमेर र मुटुसम्बन्धी रोग भएका व्यक्तिहरु छन्। मुटुसम्बन्धी समस्या तथा मधुमेह भएका व्यक्तिहरुमा बढी जोखिम देखिएको छ। वृद्ध अवस्थामा रोग प्रतिरोधात्मक क्षमतामा कमी हुने हुँदा पनि जोखिम बढी रहेको चिकित्सकहरुले जनाएका छन्।
इटालीमा पनि मृत्यु हुनेमध्ये पाका उमेरका धेरै
चीनपछि कोरोना भाइरसले इटालीलाई आक्रान्त बनाएको छ। एकदमै द्रुत गतिमा फैलिरहेको यो भाइरसले इटालीमा मंगलबार दिउँसोसम्म ४६३ जनाको मृत्यु भएको छ भने ९ हजार १७२ जना संक्रमित भएका छन्। इटालीमा पनि सबैभन्दा बढी पाका उमेरका व्यक्तिको नै भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
इटाली विश्वमा सबैभन्दा बढी ज्येष्ठ नागरिक भएका देशमध्येको एक हो। इटालीमा ४० वर्षभन्दा माथिको जनसंख्या ६० प्रतिशत रहेको छ। त्यस्तै इटालीको जनसंख्याको २३ प्रतिशत ६५ वर्षभन्दा माथिको उमेर समूह रहेको छ। सन् २०१८ को जनगणनाअनुसार इटालीको जनसंख्या ६ करोड ४८ लाख रहेको छ।
इटालीको नेसनल हेल्थ इन्स्टिच्युटका अनुसार मृत व्यक्तिको औसत उमेर ८१ वर्षको रहेको छ र धेरै जना पहिला नै केही रोग लागेका बिरामीहरु थिए। ५ जना कोरोना भाइरस संक्रमितमध्ये एक जना १९ देखि ५० उमेर समूहका रहेका छन्। जसमा के देखिन्छ भने बालबालिकाभन्दा पनि ज्येष्ठ नागरिकहरुमा संक्रमण दर बढी भएको देखाउँछ।
इटालीले अहिलेसम्म कोभिड १९ का आशंकामा ५४ हजारभन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण गरिसकेको छ।सोमबारको तथ्याङ्क हेर्दा इटालीमा विश्वका अन्य देशमा भन्दा मृत्युदर बढी रहेको छ। ९ हजार एक सय ७२ जना संक्रमितमध्ये ४६३ जनाको मृत्यु भएको छ। इटालीमा कोभिड–१९ को मृत्युदर ५ प्रतिशत रहेको छ। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को विश्वव्यापी मृत्युदर ३.४ प्रतिशत रहेको छ।-एजेन्सीहरुको सहयोगमा
Education plays an important role in the development of human society. In addition, it certainly plays the most important role in a woman’s life. In short, in a patriarchal society, a woman with a good […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd
We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.