navbar brand

Article

29 Mar 2023, Wed
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

कोभिड–१९ संक्रमित सबैको मुख्य लक्षण सुक्खा खोकी, चारै जनाको अवस्था ‘सामान्य’

March 29, 2020

हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका पाँचै जना बिरामीमा मुख्य लक्षण सुक्खाखोकी देखिएको छ । यसपछि कसैलाई ज्वरो र अलिअलि श्वासप्रश्वासमा समस्या देखिएको थियो । हालसम्म उनीहरूलाई निमोनिया देखिएको छैन ।

चीनको वुहानबाट फर्किएका ३२ वर्षीय विद्यार्थीमा माघ९ गते परीक्षणपछि पहिलोपटक कोरोना संक्रमण भेटिएको थियो। त्यसपछि एक सातायता चार जना संक्रमित फेला परेका हुन्।

‘पाँचै जना संक्रमितको मुख्य लक्षण सुक्खा खोकी हो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले भने, ‘त्यसपछि कसैलाई ज्वरोसमेत देखियो भने कसैलाई साँझपख श्वासप्रश्वासमा समस्या देखिएको छ। स्वास्थ्य स्थिति भने सबैको सामान्य छ।’

पाँचै जना १९ देखि ३४ वर्ष उमेर समूहका युवा हुन्। र, सबै विदेशबाट फर्किएका हुन्। यसअघि बेलायतमा दुई नेपालीको कोभिड–१९ ले मृत्यु भएकोमा एक जना ६६ वर्षका भुपू गोर्खा सैनिक थिए, अर्का ४० वर्षका व्यक्तिलाई उच्च रक्तचापको समस्या थियो।

अझैसम्म नेपालमा संक्रमण भेटिएकामध्ये कसैलाई पनि निमोनिया देखिएको छैन,’ डा.पाण्डेले भने, ‘संक्रमणपछिको मुख्य स्वास्थ्य जटिलता निमोनिया हुने गरेकाले हरेक प्रभावितको फोक्सोको जाँचमा विशेष ध्यान दिइएको छ।’

‘अझै तीन जना हामी कहाँ छन्, क्लिनिकल्ली उनीहरू राम्रो अवस्थामा छन्, कसैलाई ज्वरो आउने, कसैलाई नआउने तर सबै सुक्खा खोकीले सताइएका हुन्,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका कोरोना संक्रमित बिरामीको उपचार मा संलग्न एक चिकित्सकले भने, ‘साँझपख श्वासप्रश्वासमा समस्या छ तर स्थिति राम्रो छ।’

बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत दुबईबाट फर्किएका एक ३४ वर्षीय पुरुषको आइतबार दिउँसो १२ बजे मृत्यु भएपछि चिकित्सकहरू थप चनाखो बनेका छन्। ज्वरो र खोकी सुरु

भएपछि घरबाट आएर अस्पताल भर्ना भएका ती व्यक्तिको घाँटीको र्‍यालको नमूना आइतबारै काठमाडौं ल्याइसकिएको छ।

‘हामी ती व्यक्तिलाई भएका अन्य जटिल रोगबारे हिस्ट्री पनि संकलन गरिरहेका छौं’, डा.पाण्डेले भने, ‘र्‍यालको नमुनाको प्रयोगशाला परीक्षण परिणाम आएपछि कोभिड–१९ संक्रमण भए/नभएकोबारे थप स्पष्ट हुन सक्छ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ को मुख्य लक्षण ज्वरो, थकाइ र सुक्खा खोकी रहेको जनाएको छ। यसका करिब ८० प्रतिशत बिरामी कुनै विशेष उपचारबिना आफैं निको हुन्छन्। संक्रमण भएका ६ जनामध्ये एक जना गम्भीर रुपमा बिरामी पर्छन्। उनीहरुलाई श्वासप्रश्वासमा समस्या हुन्छ।

डव्लुएचओका अनुसार बुढापाका, उच्च रक्तचाप, मुटुको समस्या, मधुमेहलगायतका चिकित्सकीय समस्या भएकालाई कोभिड–१९ संक्रमणपछि गम्भीर रुपमा बिरामी हुने बढी सम्भावना हुन्छ। ज्वरो भएका, खोकी र सास फेर्न समस्या भएकाहरूलाई चिकित्सकीय स्याहार आवश्यक हुन्छ।

by Ramos Sapkota

Related Articles

नयाँ 1 सय 66 जनामा भेटियो कोरोना संक्रमण पुष्टि, निधन हुनेको संख्या 8 पुग्यो

देशमा नयाँ १ सय ६६ जनामा कोरोना संक्रमण फेला परेको छ । जसमा १ सय ६२ जना पुरुष र ४ जना महिला रहेका छन् । यो संगै देशभर कुल कोरोना संक्रमित १५ सय ६७  पुगेको स्वास्थ्य तथा […]

admin Health
What are the Benefits to your body if you eat ginger everyday?
bipinapoudel Health
कोरोनाको जोखिम रोक्न कालिमाटी तरकारी बजारमा भारतीय तरकारीको प्रवेश रोक
ramos Health
Daily global carbon dioxide emissions dropped dramatically as COVID-19 kept people home
ramos Environment
The combination of hand sanitizer and fireworks is a “recipe for disaster”
bipinapoudel Health

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd