navbar brand

Article

9 Dec 2023, Sat
  • Applications
    Dictionary
    Quiz
    Converter
    Calculator
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

काठमाडौंमा प्याजको कालोबजारी

November 30, 2019

काठमाडौंमा प्याजको कालोबजारी

बजारमा प्याजको अभाव भएसँगै कालोबजारी सुरु भएको छ । काठमाडौंको ‘कालीमाटी फलफूल तथा तरकारी बजार’को मूल्य र भन्सार मूल्यको तुलना गर्दा काठमाडौंमा प्याजको कालोबजारी भइरहेको देखिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिबाटै उपत्यकाको ७५ प्रतिशत भन्दा बढी तरकारी आपूर्ति हुने गर्छ । कालीमाटी बजारमा आउने तरकारीको ठुलो हिस्सा वीरगन्ज भन्सार हुँदै आइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले कालीमाटी बजारमा आयात भइरहेको सबै तरकारी भैरहवा र वीरगन्ज भन्सार हुँदै आइरहेको जानकारी दिए ।

भैरहवा भन्सार कार्यालयले भने प्याज आयात नभएको जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख कमल कुमार भट्टराईले भारतले प्रतिबन्ध लगाएपछि भैरहवा भन्सार कार्यालयबाट प्याजको आयात नभएको बताए ।

वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी विमलकुमार साहले वीरगञ्ज भन्सार भएर दैनिक २४ हजार ७ सय केजी प्याज आयात भइरहेको जानकारी दिए । उनका अनुसार वीरगन्ज भन्सार कार्यालयमा प्याजको मूल्य प्रतिकेजी ३५ रुपैयाँ २० पैसा (२२ भारु) रहेको छ । त्यसमा आयातकर्ताले १० प्रतिशत भन्सार मूल्य, ५ प्रतिशत अग्रिम आयकर र ५ प्रतिशत कृषि सुधार शुल्क तिर्नु पर्छ । सो करहरु समावेश गर्दा वीरगन्ज भन्सारमा प्याजको मूल्य प्रतिकेजी ४२ रुपैयाँ २४ पैसा पर्छ ।

यातायात व्यवस्था विभागका अनुसार वीरगन्जदेखि काठमाडौंसम्मको ढुवानी भाडा प्रतिकेजी दुई रुपैयाँ २० पैसा रहेको छ । तर, ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाँ बजारमा ढुवानीको प्रतिस्पर्धाका कारण ढुवानी भाडा १ रुपैयाँ ८० पैसा प्रतिकेजी रहेको बताउँछन् ।

वीरगञ्ज भन्सारमा तोकिएको मूल्य, कर एवं ढुवानी भाडा र काठमाडौं उपत्यकामा विक्री भइरहेको मूल्यको अन्तरले प्याजको कालोबजारी भइरहेको देखिन्छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको खूद्रा मूल्य प्रतिकेजी दुई सय २५ रुपैयाँसम्म छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वीरगन्ज देखि काठमाडौंसम्मको ढुवानी भाडा, अन्य खर्चसमेत जोड्दा प्याजको कालोबजारी भएको स्पष्ट हुने बताउँछन् । ‘प्याजको प्रतिकेजी २ रुपैयाँ २० पैसा ढुवानी भाडा जोड्दासमेत प्याजको मूल्य ४४ रुपैयाँ ६२ पैसा प्रतिकेजीका दरले काठमाडौंमा आइपुग्छ’ उनले भने, ‘पसलको भाडा प्रतिकेजी १० रुपैयाँ नै जोड्दा र २० रुपैयाँ प्रतिकेजी नाफा राख्दा पनि प्याजको खुद्रा मुल्य प्रतिकेजी ७०÷७५ रुपैयाँ भन्दै बढी हुँदैन ।’

कालीमाटी बजारमा आयात भएको पछिल्लो एक महिना (कार्तिक ९ देखि मंसिर ९) को तथ्याङ्क हेर्दा औषतमा ४० मेट्रिकटन प्याज आयात भइरहेको छ ।

सामान्य अवस्थामा ९० देखि एक सय मेट्रिकटनसम्म प्याजको आयत हुने गरेको थियो । तर, पछिल्लो समय आयात कम हुँदा प्याजको मूल्य बढेको निर्देशक पौडेलको भनाई छ ।

भन्सारसँग मूल्य माग्छौं : वाणिज्य विभाग
यता वाणिज्य विभागले प्याजको बढेको मूल्यको सन्दर्भका अनुगमन गरिने प्रतिक्रिया दिएको छ । विभागका अनुगमन निर्देशक सागर मिश्रले भन्सार विभागसँग भन्सार मूल्य माग गरिने र विश्लेषण गरिने बताए । ‘नियमित अनुमगन भइरहेको छ’ उनले भने, ‘प्याजको मूल्यको सन्दर्भमा भन्सारसँग भन्सार मूल्य मागेर मूल्य विश्लेषण गर्ने तयारीमा छौं, ।’

यस्तो छ प्याजको आन्तरिक उत्पादन
नेपालको प्याज उत्पादन प्रतिवर्ष दुई लाख ३० हजार मेट्रिक टनको हाराहारीमा हुने गरेको राष्ट्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्रको तथ्याङ्क छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा २० हजार ७० हेक्टर क्षेत्रफलमा प्याज खेती भएको थियो । सो क्षेत्रफलमा २ लाख ३८ हजार ५९० मेट्रिक टन उत्पादन भएको केन्द्रको तथ्याङ्क रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७३/०७४मा १९ हजार ६ सय ६३ हेक्टर क्षेत्रफलमा प्याज खेती भएको र दुई लाख ३५ हजार आठ सय ३७ मेट्रिक टन उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५मा १९ हजार आठ सय २१ हेक्टर क्षेत्रफलमा प्याज खेती भएको र दुई लाख ३९ हजार २४ मेट्रिक टन उत्पादन भएको केन्द्रको तथ्याङ्क छ ।

वार्षिक आयात बढ्दो
नेपालमा वार्षीक करिब तीन लाख मेट्रिक टन प्याज आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२/०७३ मा ९५ हजार दुई सय ३१ मेट्रिक टन आयात भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा एक लाख २३ हजार ५६९ मेट्रिक टन प्याज आयात भएको छ । २०७४/०७५मा तीन लाख १० हजार एक सय ८७ मेट्रिक टन प्याज आयात भएको छ । आव २०७५/०७६मा ३ लाख १० हजार १८८ मेट्रिक टन प्याज आयात भएको छ ।

विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३६ हजार तीन सय ५२ मेट्रिक टन प्याज आयात भएको छ । उक्त प्याज भारत, चीन र नामिवियाबाट आयात भएका हुन् ।

by Pathshala Nepal

Related Articles

COVID-19 case clusters offer lessons and warnings for reopening

Several months into the COVID-19 pandemic, countries are looking for ways to restart their economies, public health officials are looking to guide safe reopening and people are eagerly looking to escape cabin fever. But tough […]

ramos Health
आजबाट आधा ग्यास भरिएको सिलिण्डर बजारमा, पुरा ग्यास भएको सिलिण्डरमा प्रतिबन्ध
ramos Health
Everest Premier League Postponed due to Corona Virus (COVID-19)
bipinapoudel News
संक्रमित बढ्दै, एकैदिन 671 मा संक्रमण पुष्टि, थप 2 को मृत्यु
admin Health
What is Paris Agreement and the Climate Change Issue?
admin Environment

Trending Articles

New price list of books form class 1 to 12 for BS 2080

Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]

admin News
How to draw a Human skull with labeling?
admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions
performance report
Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd


Search