navbar brand

Article

27 Mar 2023, Mon
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

आर्टिफिसियल इन्टेलिजेन्स

May 24, 2020

अनुसन्धानकर्ताहरूका अनुसार एआई जुन कामका लागि बनाइएको हो, त्यसले त्यही काम मात्र गर्छ । वैज्ञानिक खनाल भन्छन्, ‘अल्ट्रासाउन्ड गर्ने बेलामा पेटभित्र भएको बच्चाको टाउको, हात कहाँ–कहाँ छ भनेर चिन्न सामान्य मान्छेले सक्दैन । त्यसका लागि सफ्टवेयर छ भने चिन्न सक्छ । फेसबुकमा तस्बिर पोस्ट गर्नुपर्दा व्यक्ति चिनेर फेसबुकले आफैं ट्याग गरिदिन खोज्छ । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले सिर्जनात्मक कार्य थालेपछि मानवीय सिर्जनालाई कस्तो प्रभाव पार्ला ? विज्ञान विकासको पछिल्लो उत्कर्षका रूपमा एआई आएपछि यो प्रश्न उठिरहेको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले सन् २०१८ नोभेम्बरमा एआई समाचार प्रस्तोता सार्वजनिक गर्दा यो प्रश्न आमवृत्तमा अझ उठ्यो । 

सन् २०१६ मा हङकङको हानसन रोबटिक्स नामक कम्पनीले यन्त्रमानव ‘सोफिया’ निर्माण गरेपछि निकै चर्चा पायो । जसलाई सन् २०१७ को अक्टोबरमा साउदी अरेबियाले नागरिकतासमेत दियो । दुई वर्षअघि ‘सोफिया’लाई यूएनडीपीको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा नेपाल ल्याइयो, जोसँग धेरै नेपालीले अन्तक्र्रिया गरे । ‘नेपालले प्रविधि क्षेत्रमा राम्रै प्रगति गरेकाले आगामी दिनमा यसलाई सही तरिकाले अवलम्बन गरे विकासमा ठूलो फड्को मार्नसक्छ,– यन्त्रमानव सोफियाको यो वक्तव्य धेरैले उद्धरण गरे । यसले एआईबारे बहसलाई नेपालमा अघि बढायो । 

गत मंसिरको अन्तिम साता पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा पनि एआई बहसले स्थान पायो । ‘आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषा’ शीर्षक दिएको बहसमा मानिस नै एआईमार्फत परिचालित हुने हो कि भन्ने कुराको चिन्ता व्यक्त भयो, तर अनुसन्धानकर्ता डा. विनोद भट्टराईले एआईको प्रयोगले मानिसलाई सहज बनाइदिने कुरामा आश्वस्त पार्न खोजे । 

त्यसअघि कात्तिकमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय एआई सम्मेलन भएको थियो । ब्रिटिस कलेजले आयोजना गरेको सम्मेलनमा एआई र यसका विविध आयामबारे अनुसन्धान र अनुभव प्रस्तुत गरियो । आउँदो जुलाईमा सरकारकै आयोजनामा एआई सम्मेलन हुँदैछ । यसका सम्भावना र चुनौतीबारे जानकारी दिई लगानी जुटाउने उद्देश्यसमेत सम्मेलनको रहेको आयोजक कमिटीका सदस्य तथा वैज्ञानिक सुरेश मानन्धरले जानकारी दिए । उनका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता सहभागी हुनेछन् ।

नेपालमा एआईको प्रयोग 

हुन त नेपालका लागि एआई नयाँ विषय हो । यसमा पर्याप्त अनुसन्धान हुन सकेको छैन । नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेसन इन्स्टिच्युट फर रिसर्च (नामी) ले नेपालमा यसबारे अनुसन्धान गरिरहेको छ । त्यस्तै फ्युज मेसिन नामक संस्था एआई इन्जिनियर उत्पादन गर्ने तथा अनुसन्धान गर्ने काममा सक्रिय छ । अनुसन्धानकर्ता तथा वैज्ञानिक समीर मास्के नेतृत्वको उक्त संस्था विभिन्न एप्स बनाउनसमेत सक्रिय छ ।

उपयुक्त ढंगले प्रयोग गर्ने हो भने नेपालमा एआई प्रभावकारी बन्न सक्ने अनुसन्धानकर्ताहरूको आँकलन छ । नेपाल बहुभाषिक भएकाले भाषा अनुवादमा एआई प्रयोग प्रभावकारी हुन सक्ने वैज्ञानिक डा. विशेष खनालको मत छ । जलवायु परिवर्तनको अवस्था तथा मानिसको बसाइँसराइको अवस्थाबारे अनुसन्धान गर्न पनि एआईको प्रयोग गर्न सकिने उनी बताउँछन् । उनले सम्भावना देखेको अर्को क्षेत्र कृषि र स्वास्थ्य हो । उनी भन्छन्– ‘कृषिमा जनशक्ति कम भइरहेको यो समयमा स–साना रोबर्ट निर्माण गरेर खनजोतका साथै अन्य कार्यमा प्रयोग गर्न सकिन्छ ।’

एआई के हो ?

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का संस्थापक अमेरिकी कम्प्युटर वैज्ञानिक जोन म्याकार्थी (सन् १९२७–२०११) हुन् । उनलाई साथ दिएका थिए— एलन ट्युरिङ, मार्भिन मिन्स्की र एलन नेवेल हर्बर्ट ए साइमनले । म्याकार्थीले सन् १९५५ मा आर्टिफिसियल इन्टेलिजेन्स भन्ने शब्द प्रयोग गरे । 

यसमा त्यस्ता सफ्टवेयर पर्दछन्, जसले मानिसले जस्तै बौद्धिक र भावनात्मक काम गर्न सक्छन् । गन्ध लिने, स्पर्शबाट प्रभावित हुने, सुन्ने, हेर्ने र कल्पना गर्नेजस्ता क्रियाकलाप गर्ने सफ्टवेयर एआईअन्तर्गत पर्छन् । गुगलमा भाषा अनुवाद गर्ने सफ्टवेयर त्यसैमध्ये एक हो । 

अनुसन्धानकर्ताहरूका अनुसार एआई जुन कामका लागि बनाइएको हो, त्यसले त्यही काम मात्र गर्छ । वैज्ञानिक खनाल भन्छन्, ‘अल्ट्रासाउन्ड गर्ने बेलामा पेटभित्र भएको बच्चाको टाउको, हात कहाँ–कहाँ छ भनेर चिन्न सामान्य मान्छेले सक्दैन । त्यसका लागि सफ्टवेयर छ भने चिन्न सक्छ । फेसबुकमा तस्बिर पोस्ट गर्नुपर्दा व्यक्ति चिनेर फेसबुकले आफैं ट्याग गरिदिन खोज्छ । त्यसरी चिन्ने काम सफ्टवेयरले गरेको हो । तर जुनका कामलाई लागि बनाइएको हो, सफ्टवेयरले त्यहीमात्र काम गर्छ ।’

एआईको विकास 

सन् १९५० को दशकबाट मान्छेले जस्तै बोल्ने, सुन्ने सोच्ने र कल्पना गर्ने मेसिन वा सफ्टवेयर बनाउन सकिन्छ कि भनेर वैज्ञानिकहरूले अनुसन्धान र प्रयोग गर्न थाले ।

सन् १९९० को दशकमा मानिसको बौद्धिकता भरपुर प्रयोग हुने चेसमा एआईको प्रयोग भयो । त्यसपछि एआईको असीमित आयामबारे सोच्न थालियो । तथापि सन् २०१० को दशकयता मात्र एआईको विकास तीव्र भयो । ‘डिप लर्निङ’ र ‘मेसिन लर्निङ’ पनि सन् २०१० कै दशकमा सर्वव्यापी भएको हो । एउटा सानो बच्चाले ठूलो भइन्जेल जसरी कुराहरू सिक्छ, त्यसरी नै मेसिनलाई पनि मानवले सिकाउने एआईको चरण हुन्छ, जसलाई ‘मेसिन लर्निङ’ भनिन्छ । कुनै कुरा गहिरो गरी सिकाउन ‘डिप लर्निङ’ प्रयोग गरिन्छ । 

अटोनोमस ड्राइभिङ एआईको पछिल्लो उपलब्धि हो । ड्राइभरबिनै सवारी सञ्चालनको अवधारणा यसमा समावेश छ । त्यसैगरी च्याट बट एआईको प्रयोग पनि भइरहेको छ । सेवाग्राहीलाई आफ्ना सेवाबारे जानकारी दिन यो एआई प्रभावकारी मानिएको छ ।

एआईसँगै अनुसन्धानकर्ताहरूले आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) र सुपर इन्टेलिजेन्सबारे सोच्न थालेका छन् । यसअन्तर्गत मान्छेको दिमागले भन्दा पनि बढी सोच्न सक्ने मेसिनको परिकल्पना हुँदैछ । 

एआईमा चुनौती र सम्भावना 

एआईको विकासका कारण धेरैले असुरक्षित र चुनौती महसुस गरेका सर्वेक्षणहरू सार्वजनिक हुने गरेका छन् । एआईमार्फत नै सबै काम हुने भएपछि रोजगारी धराशायी बन्ने मत पनि सँगै आउने गरेको छ । तथापि एआईको उज्यालो पाटो धेरै देखिन्छ । यसले व्यापार, शिक्षा र यातायातजस्ता क्षेत्रको तीव्र विकासमा सघाउ पुर्‍याउने अनुसन्धानकर्ताहरू बताउँछन् । वैज्ञानिक खनाल भन्छन्, ‘एआईलाई उद्यमशीलतासँग जोडेर सफलता हासिल गर्ने थुप्रै कम्पनी छन् । नेपालकै सन्दर्भमा पनि यसलाई प्रयोग गरेर चौथो औद्योगिक क्रान्तिमा नेपाल सहभागी भई विकासको गति अघि बढाउन सकिन्छ ।’

फाइदाहरू

 जुनसुकै विधामा अनुसन्धान गर्न सहज

 नयाँ औषधि पत्ता लगाउन

 थप वैज्ञानिक आविष्कार अगाडि बढाउन 

 विज्ञ नभएको वा महँगो प्रविधि भएको ठाउँमा सस्तो र गुणस्तरीय सेवा

 शिक्षालाई प्रभावकारी बनाउन

 नेपालको सहरी क्षेत्रको सन्दर्भमा ट्राफिक व्यवस्थित गर्न

 एआईको प्रयोग गर्ने नयाँ जागिर तथा अवसर सिर्जनामा 

जोखिम

 मजदुर वर्गको रोजगारी खोसिने डर 

 पुँजीपतिवर्गद्वारा गलत प्रयोग हुन सक्ने सम्भावना

 मौलिक संस्कृति तथा मान्यतामा असर

 श्रमको कम उपयोग

 स्रष्टाहरूको सिर्जनामा चुनौती

by Pathshala Nepal

Related Articles

यौनसम्बन्धले पनि डेंगु

भाइरसका कारणले हुने संक्रामक ज्वरो डेंगुलाई लामखुट्टेले नै फैलाउने मान्यता छ । तर गत सेप्टेम्बरमा स्पेनका चिकित्सकले शारीरिक सम्बन्धले समेत डेंगु भाइरस सरेको पहिलोपटक पुष्टि गरेका छन् । त्यहाँका स्वास्थ्य अधिकारीहरूले एक व्यक्तिद्वारा यौनका माध्यमले डेंगु फैलिएको […]

admin Health
भारतमा हिजो एकै दिन कोरोनले २००० भन्दा बढीको मृत्यु !!
ramos Abroad
एक महिनाको शुल्क छुट दिने सरकारको निर्णयप्रति निजी विद्यालयको असन्तुष्टी
ramos Education
नुवाकोटका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसद्वारा विशाल विरोध प्रदर्शन..
ramos News
उपत्यकाभित्र तीन मुख्य चोकमा ‘फ्लाइओभर’ निर्माण गरिने
admin News

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd