June 1, 2020
कर्णाली प्रदेशमा दुई सुरक्षाकर्मीसहित ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेतमा ३२ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गरिएका ४३ गरी ७५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । जसमा दुई सुरक्षाकर्मी पनि रहेका छन् । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एकसय ९८ पुगेको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको पछिल्लो पीसीआर रिपोर्ट तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र ३४ वर्षीय दुई पुरुष सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पृष्टि भएको हो ।
दुई सुरक्षाकर्मीसहित जुम्लामा थपिएका ४३ नयाँ कोरोना संक्रमितमध्ये १९ जना जुम्ला र २४ जना दैलेखका हुन् । जसमा जुम्ला हिमा गाउँपालिका-१, ५, ६, ७ का ३६, ६३, २३, २६, २३, ४३, ४६ र ५९ वर्षीय पुरुष, जुम्ला सिंजा गाउँपालिका-३, ४, ५, ६ का २४, २३, २३, २१, २६, १६, ४५, ११, १२, ३४ र २७ वर्षीय पुरुष रहेका छन् ।
भने दैलेख दुल्लु नगरपालिकाकी २३ र ३० वर्षीया महिलासहित दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । यस्तै सुर्खेतमा परीक्षण गरिएकामध्ये दैलेख १७, सुर्खेतका ५ र सल्यानका १० जनामा कोरोना पृष्टी भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ ।
कर्णालीमा कुल कोरोना पृष्टि भएका एकसय ९८ जनामध्ये दैलेखका ८९, सुर्खेत ३४, सल्यान ३५, जुम्ला १९ (दुई प्रहरी संक्रमितसहित), कालिकोटका १८ र मुगुका एक जना रहेका छन् । कर्णालीमा हालसम्म कोरोनाका कारण दैलेखका एक जनाको मृत्यु भएको छ भने बाजुरा र बझाङ घर भएका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ।
भाइरसका कारणले हुने संक्रामक ज्वरो डेंगुलाई लामखुट्टेले नै फैलाउने मान्यता छ । तर गत सेप्टेम्बरमा स्पेनका चिकित्सकले शारीरिक सम्बन्धले समेत डेंगु भाइरस सरेको पहिलोपटक पुष्टि गरेका छन् । त्यहाँका स्वास्थ्य अधिकारीहरूले एक व्यक्तिद्वारा यौनका माध्यमले डेंगु फैलिएको […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd