June 4, 2020
नेपालमा आज थप तीन सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले यो जानकारी दिएका हुन्। आज दैलेखमा मात्रै एक सय पाँच जनामा कोरोना पुष्टि भएको छ।
त्यसैगरी प्रदेश २ का विभिन्न जिल्लामा गरी एक सय दुई जनामा संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश २ मा संक्रमितको सख्ंया नौसय ६१ पुगेको छ। आज संक्रमण देखिएका जिल्ला झापा, मोरङ, दैलेख, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बागलुङ, स्याङ्जा, म्याग्दी, पर्वत, मुगु, दाङ, नवलपरासी, बारा, सिन्धुली, ताप्लेजुङ लगायतका छन् ।
जनस्वास्थ्य प्रयोगशाला टेकु, जनस्वास्थ्य प्रयोगशाला विराटनगर, प्रादेशिक प्रयोगशाला पोखरा, सेती प्रादेशिक अस्पताल धनगढी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, धुलिखेल अस्पताल काभ्रे, प्रदेश अस्पताल सुर्खेत, प्रादेशिक प्रयोगशाला हेटौंडा लगायतका ठाउँमा गरिएको परीक्षणमा आज तीन सय ३४ जनामा कोरोना पुष्टि भएको हो। देशभरका २१ स्थानमा काेराेना परीक्षण भएकाे छ।
दैलेखमा मात्रै आज एक सय पाँचजनालाई कोरोना संक्रमण पुष्टि भएको देवाकोटाले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेखका एक सय पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।
चीनको व्यापारिक सहर ग्वान्जाओबाट स्वास्थ्य उपकरण, पिपिई, औषधि, कोरोना भाइरस जाँच्ने किट्स, मास्कसहितका सामान लिन नेपाल एयरलाइन्सको विशेष विमान आरए ४१७१ आज (शनिबार) दिउँसो १२:३१ मा त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली जहाजले औषधि, भेन्टिलेटर, […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd