June 8, 2020
स्याङ्जाको वालिङ नगरपालिकाका ती व्यक्तिमा आइतबार कोरोना संक्रमित पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित भएको पाइएको छ । उनी ६ महिना अघिमात्रै उपचारका लागि भारतको मुम्बई गएर यही जेठ २१ मा नेपाल फर्किएका थिए ।
वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडका अनुसार सुनौली नाकामा अलपत्र परेको सूचना थाहा पाएपछि जेठ २१ को राति नै उनलाई उद्धार गरी घर ल्याइएको थियो । तर अवस्था नाजुक भएपछि उनलाई जेठ २२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानको प्रिआइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गर्दा आइतबार ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि आइसोलेसन वार्डमा सारेर उपचार गर्ने क्रममा आइतबार राति उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हालसम्म सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।
प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले सोमबार बिहानै विज्ञप्तिमार्फत मृत्युको पुष्टि गरेका हुन् । प्रदेशभरि हालसम्म ११४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३ जना निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४ सय ६७ जना निको भएका छन् ।
दांज एक प्रकारको छालामा लाग्ने रोग हो । दांज शरीरमा ढुसिको मात्रा बढी भएको हुनाले लाग्ने गर्दछ । शरीरको कुनैपनी…
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd