Site icon Pathshala Nepal

खानेकुरा नभए वडाध्यक्षलाई फोन गर्नुस् : ललितपुर महानगरपालिका

lalitpur_office

lalitpur_office

Online Calculator

ललितपुर महानगरपालिकाले कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका बेला काम गर्न नपाएर भोकै बस्नुपर्ने अवस्थाका श्रमिकलाई वडामार्फत राहत उपलब्ध गराउने भएको छ । 

यो अवस्थामा महानगरपालिकाभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर उक्त निर्णय गरिएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘समस्यामा पर्नु भएका नगरवासीलाई आफ्नो वडाको वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिन्छ । दिउँसो कमाएर बेलुका खानुपर्ने श्रमिकलाई अहिलेको बिहान बेलुकाको खानेकुरा जोहो गर्न निकै गाह्रो हुने भएकाले उक्त निर्णय गरिएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए । महानगरपालिकाका प्रवक्ता राजु महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘ कोही भोकै बस्नु नपरोस् भनेर हामीले यो निर्णय गरेका हौं । 

महानगरपालिकाभित्रका वडाहरुले वडामा बसोबास गर्ने यस्ता व्यक्तिको तथ्यांक केही दिन अघिबाट नै संकलन गर्न थालिसकेका छन् ।श्रमिकहरुको स्थिति नुसार राहतको व्यवस्था वडा कार्यालयले महानगरपालिकाको समन्वयमा मिलाउने विज्ञप्तिमा उल्लेख छ । यस विषम परिस्थितिमा महानगरपालिकालाई साथ दिन महानगरवासी, सामाजिक र व्यवसायिक संघसंस्थालाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

lalitpur_metro_notice

विज्ञप्तिमा भनिएको छ , ‘आवश्यकता अनुसार ललितपुर महानगरपालिका संघीय सरकार, प्रदेश सरकार तथा अन्य महानगरपालिका र नगरपालिकासँग सम्पर्कमा रहनेछ ।