December 16, 2020
नुवाकोट । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो ।
यसैबिच, नेपाली कांग्रेस नुवाकोटले पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ। विदुरबाट शुरु भएको विरोध -याली बट्टारमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले नेता पौडेलमाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै त्यस्ता सरकारको प्रवृत्तिविरुद्ध नुवाकोटमा प्रतिरोध गर्ने चेतावनी दिए। नुवाकोट नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीको नेतृत्वमा गरिएको थियो विरोध -यालीमा पुर्व जिल्ला सभापति धुव्र अधिकारी, प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामा, रमेश कुमार महत लगायत नेताहरु,कांग्रेसबाट विभिन्न स्थानिय तहमा निर्वातिच भएका जनप्रतिनिधिहरु र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गरेको बताएका छन् ।नेता पौडेलले राजाको निर्दलिय पञ्चायतमा रुख रोप्दा टाउको फुटाउने गरेको स्मरण गर्दै अहिलेका कम्युष्टिहरुले पुल बनाउँदा करङ्ग भाँचिदिएको बताए । राजा र कम्युनिष्ट एक सिक्काका दुईपाटा भएको टिप्पणी समेत उनले गरे । सरकारले सत्ताको दुरुपयोग गरिरहेको उनको अरोप छ । कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रुपमा लिएको दावी गर्दै अब संसद र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने कांग्रेसले जनाएको छ । सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ ।
सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दावी कांग्रेसको छ । विरोधसभा अघि कांग्रेसले ७७ वटै जिल्लामा सडक प्रदर्शन गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषले गरिब र असहायलाई निःशुल्क शव जलाउन दिने भएको छ। कोषले मुलुक लकडाउन भएको अवस्थामा कसैले पनि असुविधामा पर्नु नपरोस् भनेर यस्तो सुविधा दिने जनाएको हो। काठमाडौं नक्साल बसेर ज्यालादारी गर्दै आएकी […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd