July 7, 2020
कोरोना भाइरसका कारण अवरुद्ध विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत भई विश्वविद्यालय अनुदान आयोगले निर्देशिका समेत जारी गरेपछि विश्वविद्यालयले भर्चुअल विधिबाट परीक्षा सञ्चालन गर्न सक्ने भएका हुन् ।
निर्देशिका जारी भएसंगै त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले गत चैत्र यता स्थगित गरेको परीक्षा सञ्चालनको वैधानिक उपचार खोजिने भएको छ । कोरोना सङ्क्रमण र रोकथामका लागि सामाजिक दुरी कायम गर्न भन्दै सरकारले लकडाउन गरेपछि अवरुद्ध भएको परीक्षा सञ्चालन गर्ने नीतिगत व्यवस्था सहित निर्देशिका जारी भएको आयोगले जानकारी दियो ।
कोरोनाका कारण विश्वविद्यालयको शैक्षिक क्यालेण्डेर नै बिग्रने अवस्थामा पुगेपछि आयोगले विज्ञहरूको राय सल्लाहका आधारमा निर्देशिका जारी गरेको हो । निर्देशिकाले विद्यावारिधि, एमफिल, स्नातकोत्तर तथा स्नातक तहको परीक्षा प्रणाली फरक हुन सक्ने र विश्वविद्यालयहरूले आफ्नो अनुकूूलतामा भर्चुअल, सामाजिक दुरी राखेर कलेजमा नै परीक्षा दिन सक्ने, घरैमा लेखेर ल्याउनका लागि दिने र क्षेत्रगत रूपमा परीक्षा लिन सकिने व्यवस्था गरेको छ ।
यो परीक्षा प्रणाली सधैका लागि नभएर विशेष सङ्कटका बेलाका लागि मात्रै बनाइएको आयोगले जानकारी दियो । विश्वविद्यालयहरू परीक्षा सञ्चालन तथा मूल्याङ्कनमा स्वायत्त भए पनि सबै विश्वविद्यालयमा एकरूपता ल्याउने उद्देश्यले यो निर्देशिका जारी गरिएको हो ।
चैत्र यता अवरुद्ध विश्वविद्यालयको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कन प्रक्रिया सञ्चालनको वैधानिक बाटो खुलाउन वैकल्पिक व्यवस्था सहित निर्देशिका जारी भएको त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले बताए । ‘निर्देशिकाको विस्तृत अध्ययन गर्न पाएको छैन तर ग्रेड प्रणालीमा निरन्तर मूल्यांकनको भूमिका उल्लेखनीय हुन्छ ।’ उपकुलपति बास्कोटा भन्छन्, ‘विज्ञ र सरोकारवालाको लामो छलफल, अन्तर्राष्ट्रिय अभ्यास आदिको अध्ययन गरेर निर्देशिका तयार गरिएको हो ।’
वर्तमान अवस्थामा विश्वविद्यालयहरूको परीक्षा र त्यसको मूल्याङ्कन प्रक्रियालाई सहज बनाउने उद्देश्यले आयोगले विश्वविद्यालयहरूलाई सहजीकरण गरेको आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले बताए । ‘निर्देशिका अनुसार अब विश्वविद्यालयहरूले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भर्चुअल विधिबाट परीक्षा लिन सक्नेछन् भने कुनै कारणवश परीक्षा लिन नसकिएको अवस्थामा आन्तरिक मूल्याङ्कनका आधारमा माथिल्लो सेमेस्टर कक्षामा पढाउन सकिने व्यवस्था निर्देशिकाले गरेको छ ।’
उनका अनुसार कुनै विषयको प्रयोगात्मक परीक्षा लिन नसकिएको अवस्थामा पनि अर्को सेमेस्टरमा लिन सकिने गरी विश्वविद्यालयले पठनपाठन अगाडि बढाउन सक्ने भएका छन् ।
सम्भव भए सामाजिक दूरी कायम गरेर विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न सक्ने बाटो खुला राखेर नै भर्चुअल विधिबाट परीक्षा सञ्चालन गर्ने र परीक्षा लिन सम्भव नभएको अवस्थामा परीक्षाको मोडल तथा प्रश्नपत्रको प्रकृति परिवर्तन गरेर पनि परीक्षा लिन सकिने व्यवस्था गरिएको अध्यक्ष सुवेदीले बताए ।
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd