March 7, 2021
जुम्ला : महिला साक्षर भए परिवारैलाई पढ्न प्रेरित गर्ने भएकाले जनजाति महिलाका लागि ३ महिने साक्षरता कार्यक्रम राखिएको छ।
जनजाति महिलाका प्रतिनिधि छिरिङ लामु लामा तामाङ्गले जनजाति महिलालाई बल्ल अक्षरसँग साइनो जोडिएको बताइन्। उनले भनिन््, 'यो कार्यक्रमले नाम लेख्न र जोड-घटाउ गर्न सक्ने बनाउनेछ।'
चन्दननाथ नगरपालिकाभित्र रहेका जनजाति महिलाहरूलाई लक्षित गरी साक्षरता अभिवृद्धि कार्यक्रम सुरुवात गरिएको हो। सामान्य लेखपढ पनि गर्न नजान्ने महिलाहरूलाई लक्षित गरी ३ महिनाको लागि साक्षरता अभिवृद्धि कार्यक्रमको सुरुवात गरिएको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने (महतले ) बताइन्।
'चन्दननाथ नगरपालिका जुम्लाको सहयोगमा झण्डै ८० भन्दा बढी जनजाति महिला यो कार्यक्रमबाट साक्षर हुने लक्ष्य राखिएको छ,' उपमेयर न्यौपानेले भनिन्, 'आफ्नो नामसमेत लेख्न नजाने र मोबाइलमा आएको फोन नम्बर पनि नचिन्ने महिला लाई लक्षित गरी कार्यक्रम संचालन गरिएको छ।'
जनजाति महिलामा रहेको निरक्षर दर कम गर्न साक्षरता कार्यक्रम संचालन गरिएको र शिक्षा पाएपछि रोजगार र आत्मनिर्भर हुन सिकाउने भएकाले जनतासँग उपमेयर कार्यक्रमबाट जनजाति महिलालाई साक्षर बनाउन लागिएको उनले बताइन्।
जुम्लामा रहेका अधिकांश जनजाति महिलाले आफ्नो नाम पनि लेख्न जानेका छैनन्। ३ महिनाको अवधिमा उनिहरूलाई नाम लेख्न सिकाउने, अक्षर चिनाउने र सामान्य लेखपढ गर्न सिकाइने,चन्दननाथ नगरपालिका शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाईंले बताए।
उनले भने, ‘अरूको अघि खुलस्त भएर आफ्नो परिचय दिन डराउने महिला यो कक्षाबाट अक्षर चिन्न र लेख्न सक्ने क्षमताको विकास हुनेछ। साक्षरता कक्षाले जनजाति महिलाको आत्मबल पनि बढाएको छ । साक्षरताले महिलालाई घर र समाजमा सम्मानित पनि महसुस गराएको छ। साक्षरता अभियानले जुम्लाका जनजाति महिलाका लागि अवसर ठूलो अवसर हो।'
चन्दननाथ नगरपालिका जुम्लाको सहयोगमा झण्डै ८० भन्दा बढी जनजाति महिला यो कार्यक्रमबाट साक्षर हुने लक्ष्य राखिएको छ।
कल्चरको रिपोर्ट आएपछि मात्रै डिस्चार्जको टुंगो लाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd