June 2, 2020
पछिल्लो समय दुई सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर दुई हजार ९९ जनामा कोरोना संक्रमण फैलिन पुगेको छ ।
नयाँ थपिएकामा दुई सय ७० जना पुरुष र १८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
देशभरका १९ सय ४९ जना पुरुष र एक सय ५० जना महिला कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् ।
नयाँ थपिएकामा रौटहटका ३८, स्याङ्जाका पाँच, बर्दियाका तीन, बाँकेका १७, सुर्खेतका २७, दैलेखका नाै, सल्यानका १८ र अछामका १० जना रहेका छन् ।
त्यसैगरी बाराका एक, दाङका १७, प्युठानका एक, कञ्चनपुरका आठ, कैलालीका १०, धनुषाका ६, महोत्तरी दुई, रौतहटकै ३६ जना, सर्लाहीका २१, सिराहाका १७, भक्तपुरका एक, धादिङका एक, कपिलवस्तुका १६ जना, काठमाडौंका चार स्वास्थ्यकर्मी, नवलपरासीका एक, नवलपरासी पश्चिमका १, नवाकोटका दुई र रुपन्देहीका १० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समयमा ४५ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामाथि विजयी भई दुई सय ६६ जना डिस्चार्ज भएका छन् ।
जसमा पुरुष दुई सय १२ र महिला ५४ जना रहेका छन् ।
हाल प्रदेश १ मा एक सय २० जना, प्रदेश २ मा सात सय ११ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३४ जना संक्रमित उपचारमा छन् । त्यसैगरी प्रदेश ५ मा ६ सय २२, कर्णाली प्रदेशमा दुई सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी कुल कुल एक हजार आठ सय २५ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म पिसिआर विधिबाट ७५ हजार तीन सय ४३ को कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आरडिटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
हाल देशभर एक लाख ४५ हजार तीन सय ७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यीमध्ये धेरैजसो भारतबाट स्वदेश फर्किकाहरू रहेको मन्त्रालयको भनाइ छ ।
स्रोत : ekantipur.com काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा उनले कोरोना खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गरेका हुन् । उनीसँगै पत्नी राधिका शाक्यले […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd