March 28, 2020
ललितपुर महानगरपालिकाले कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका बेला काम गर्न नपाएर भोकै बस्नुपर्ने अवस्थाका श्रमिकलाई वडामार्फत राहत उपलब्ध गराउने भएको छ ।
यो अवस्थामा महानगरपालिकाभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर उक्त निर्णय गरिएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘समस्यामा पर्नु भएका नगरवासीलाई आफ्नो वडाको वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिन्छ । दिउँसो कमाएर बेलुका खानुपर्ने श्रमिकलाई अहिलेको बिहान बेलुकाको खानेकुरा जोहो गर्न निकै गाह्रो हुने भएकाले उक्त निर्णय गरिएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए । महानगरपालिकाका प्रवक्ता राजु महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘ कोही भोकै बस्नु नपरोस् भनेर हामीले यो निर्णय गरेका हौं ।
महानगरपालिकाभित्रका वडाहरुले वडामा बसोबास गर्ने यस्ता व्यक्तिको तथ्यांक केही दिन अघिबाट नै संकलन गर्न थालिसकेका छन् ।श्रमिकहरुको स्थिति नुसार राहतको व्यवस्था वडा कार्यालयले महानगरपालिकाको समन्वयमा मिलाउने विज्ञप्तिमा उल्लेख छ । यस विषम परिस्थितिमा महानगरपालिकालाई साथ दिन महानगरवासी, सामाजिक र व्यवसायिक संघसंस्थालाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ , ‘आवश्यकता अनुसार ललितपुर महानगरपालिका संघीय सरकार, प्रदेश सरकार तथा अन्य महानगरपालिका र नगरपालिकासँग सम्पर्कमा रहनेछ ।
Belgium मा अध्ययनरत बाग्लुङ्की १९ बर्षिय छात्रामा कोरोना भाइरस covid-19 पुष्टी भएको छ । उनि केहि साता अगाडी Belgium बाट Qatar हुँदै नेपाल आएकी थिइन् । उनि सहित नेपालमा ५ जना संङ्क्रमित पुष्टी भएका छन […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd